२० कात्तिक २०८३, शुक्रबार

प्रभात महिला सहकारीको तीज वचत कार्यक्रम बाट एक लाख ६० हजार संकलन

२०७१ भदौ ८, आईतवार
प्रभात महिला सहकारीको तीज वचत कार्यक्रम बाट एक लाख ६० हजार संकलन

भरतपुर ८  भदौ । तीज खर्चिलो र भड्कीलो हुँदै गएको आम गुनासो रहने गरेको छ । भरपुरमा रहेको महिलाहरुको सहकारीले जीजलाई भड्किलो र खर्चिलो होईन बचत गर्ने अवसरको रुपमा लिएको छ । प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नाचगान संगै बचत गर्नेको भीड लाग्यो ।

संस्थाको कार्यालय प्राङ्गणमा विहान १० बजेदेखि साँझ ५ बजे सम्म महिलाहरु तीजका गीत र नाचमा रमाएका देखिए । साथै कार्यालयभित्र रकम जम्मा गर्नेको लस्कर पनि उस्तै थियो । “जीजमा खर्च होइन, बचत गर्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरेको हो”, संस्थाका पुर्वअध्यक्ष शान्ति अधिकारीले भनिन् । संस्थाले गत वर्ष पनि यस्तै कार्यक्रम गरेको थियो । यो वर्षको भन्दा दोव्वर सफलता प्राप्त भयो ।

तीज बचत कार्यक्तममा एकै दिन एक लाख ६० हजार रुपौयाँ बचत संकलन भएको पुर्व अध्यक्ष अधिकारीले जानकारी दिइन् । शनिवार मात्र चार सय जनाले बचत जम्मा गरेका थिए । न्यूनतम एक सय रुपैयाँ देखि एकै जनाले ५० हजार रुपैयाँ सम्म् बचत तथा जम्मा गरेका छन् । संस्थाले गत वर्ष तीव कार्यक्रम राखेर सदस्यहरु बाट ८० हजार रुपैयाँ संकलन गरेको थियो । प्रभात सहकारीको तीज गीत कार्यक्रममा दरका नाममा खर्चिलो भोज भतेर थिएन । सामान्य चिया विष्कुट खाएरै महिलाहरु आफैँले रचना गरेका गीतमा मादल बजाउँदै नाचेका थिए ।

तीज भड्किलो हुँदै गएपछि चितवनमा गत वर्ष जिल्ला प्रशासन कार्यालयले त्यस्ता कार्यक्रम नगर्न सूचना निकाल्यो । प्रभातले यो सूचना संगै तीजलाई उद्देश्यमुलक बनाउने सोच बनाएर कार्यक्रम गरेको अधिकारीले बताईन । प्रशासनले तीजमा भड्किलो कार्यक्रम गर्न रोक लगाएको थियो । हामीले यही मौकामा तीजमा बचत गर्ने अभियान सुरु गर्न सफल भयौँ, केन्द्रिय बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सदस्यसमेत रहेकी शान्ति अधिकारीले भनिन् । प्रभातले विस २०६३ साल बाटै तीजमा कार्यक्रम गर्दै आएको छ ।

तीजका कार्यक्रमलाई सामान्य भन्दा पनि भड्किलो र खर्चिलो बनाउन प्रतिस्पर्धा चल्थ्यो । हामीले पनि कार्यक्रमलाई सामान्य बनाउन खोज्दथ्यौँ । तै पनि खर्च हुने । एकदम कम खर्च गरौँ भन्दा पनि ८० / ९० हजार रुपैयाँ त खर्च भएरै छाड्ने पुर्व अध्यक्ष अधिकारीले सुनाईन । त्यसैले प्रसानको कदम सहकारीलाई पनि मन परेको थियो ।
संस्कृतिको जगेर्ना, तडकभडक नियन्त्रण र बचत गर्ने सन्देश दिन हामीले कार्यक्र गरेका हौ भन्ने कुरा हाम्रा सेयर र अन्यलाई पनि बुझाएका छौँ । यो पटक सहभागी र बचतको मात्रा अवश्य बढ्ने आशा छ संस्थाका अध्यक्ष ईश्वरी शर्मा ढकालले भनिन् । सेयर सदस्य बन्न सक्ने सुविधा पनि थियो ।

कार्यक्रममा बचत गर्नेले अरु बेला बचत गरेको भन्दा शुन्य दशमलव पाँच प्रतिशत बढि व्याज समेत पाउने सुविधा संस्थाले दिएको छ । प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५२ सालको माघमा स्थापना भएको हो । संस्थामा मसहmाहरु मात्रै सदस्य छन् । सदस्य संख्या २१ सय रहेका छ । चितवनमा महिलामात्रै सदस्य रहेका सहकारीहरु सयको हाराहारीमा छन् । त्यस्तै नेपालभर ३८ सय सहारीमा महिलामात्रै सदस्य रहेको नेफ्स्कुनका केन्द्रिय सदस्य शान्ति अधिकारीले बताईन ।

अझै पनि चिया विस्कुट खाएर के कार्यक्रम गर्ने भन्नेहरु नभेटिएका पनि होइन्न् । तर तपाईको कार्यक्रम राम्रो रहेछ, हामी पनि यस्तै गछौँ भन्ने पनि थपिएका छन् अधिकारीले भन्छिन्, महिलाका सहकारीहरुले मात्रै पनि यसरी कार्यक्रम गरे बचत र संस्कृति संरक्षरणमा ठुलो सहयोग पुग्नेछ ।

अभिलेख

लोकप्रिय