२० कात्तिक २०८३, शुक्रबार

गोठाटारमा सहयात्री बहुउद्देश्यीय सहकारीको महिला लक्षित लघुवित्त कार्यक्रम

२०७१ भदौ ८, आईतवार
गोठाटारमा सहयात्री बहुउद्देश्यीय सहकारीको महिला लक्षित लघुवित्त कार्यक्रम

काठमाडौं , ८ भदौ ।  काठमाडौको नयाँ बानेश्वरमा रहेको सहयात्री सहकारी बहुद्देश्यीय सहकारी संस्था लि.ले लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ ।   गोठाटार गाविसमा रहेका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम सुरु गरेको हो ।

करिव ५ सय महिलाहरुमाझ सहकारी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सो लघुवित्त कार्यक्रम केही महिनाअघि अनौपचारिक रुपमा सुरु गरेको थियो । सो कार्यक्रम करिव चारसय महिलाहरुमाझ पुगिसकेको सहकारीको दावी रहेको छ । लघुवित्त कार्यक्रममा गाविसका नौ वडाका करिव ४ सय महिलाहरु उपस्थित रहेका थिए । कार्यक्रमलाई बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशप्रसाद बडालले सहयात्री सहकारी नमुना  सञ्चालन गरेको लघुवित्त कार्यक्रम पनि सफल हुने दावी गरे ।

संघकी उपाध्यक्ष ओमदेवी जोशीले महिलाहरुको शसक्तिकरणकामा सहकारीको ठूलो योगदान रहेको बताइन् ।
कार्यक्रममा सहयात्री सहकारीका कार्यकारी अध्यक्ष खेमराज सुवेदीले आफूहरुले विषेषगरी महिलाहरुको आर्थिक तथा सामाजिक सुदृढीकरणमा टेवा पुर्याउने उदेश्यले लघुवित्त कार्यक्रम अघि सारेको बताए ।

अभिलेख

लोकप्रिय