साना किसान कृषि सहकारीको नाफा १ करोड ९१ लाख
बारा ८ भदौ । साना किसान कृषि सहकारी संंस्था लि. डुमरबानाको आयोजनामा संस्था अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षता एवं जिल्ला प्रशासन कार्यलय बाराका प्रजिअ परशुराम अर्यालको प्रमुख आतिथ्यमा र संस्थाका १७० जना अगुवाहरुको उपस्थितीमा शनिवार वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले संस्थाको आ.व. ०७०÷०७१ को प्रगति, आगामी कार्यक्रमहरु र संस्थाको चुनौतीहरुबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले ३९ करोड लगानीमा रहेको पँुजीबाट आव०७०÷०७१मा १ करोड ९१ लाख नाफा गरेको र शेयरहरुलाई १५ प्रतिशतले लाभांश तथा ३ प्रतिशतले संरक्षित पूजीकोषबाट व्याज फिर्ता गर्ने कार्यक्रम बनाएको छ । जिल्ला प्रशासन कार्यलय बाराका प्रजिअ परशुराम अर्यालले साना किसान कृषि सहकारी संस्थाले पुर्याएको योगदानको आफुले कदर गरेको र संस्थालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
कृषि सहकारी संघका अध्यक्ष शिवप्रसाद अधिकारीले सहकारी दर्ता संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने र साना किसानको सेवाप्रति विश्वस्त हुन सबै सदस्यहरुलाई एवं जन समुदायलाई आग्रह गर्नु भयो । कार्यक्रम संस्थाका वरिष्ट प्रवन्धक राजेन्द्रप्रसाद जमकटेलले संचालन गरेका थिए ।
बाढीपिडीतलाई राहत हस्तान्तरण

साना किसान कृषि सहकारी संंस्था लि. डुमरबानाको आयोजनामा संस्था अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षता एवं जिल्ला प्रशासन कार्यलय बाराका प्रजिअ परशुराम अर्यालको प्रमुख आतिथ्यमा आज बाढीपिडीत राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलय बाराका प्रजिअ परशुराम अर्यालले साना किसान कृषि सहकारी संस्थाले पुर्याएको योगदानको आफुले कदर गरेको र संस्थालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
श्रावणको अन्तीम साता देशमा परेको अविरल बर्षाबाट बाढी पैरो एवं जनधनको क्षती प्रति दुःखी हुदै साना किसान कृषि सहकारी संस्थाको तर्फबाट प्रदान गरिएको मानवीय सहायता स्वरुपको रु.१५००० हजारको चेक र राष्टिय विभुती सामुदायिक शिक्षा सदनको १०,००० दश हजारको चेक एभेन्युज टि.भि.हेल्पलाईन मार्फत पीडित परिवारमा पुर्याउने गरी एभेन्युज टि.भि.का प्रतिनिधी भैयाराम साहलाई हस्तान्तरण गरे । संस्थाले मानवीय र सामाजिक उत्तरदायित्वको भावनालाई अनुभुती र आत्मसात गर्दै उक्त राहत प्रदान गरिएको संस्थाका मुख्य प्रवन्धक नारायण क्षेत्रीले बताए ।
तीज शुभकामना आदान प्रदान
साना किसान कृषि सहकारी संंस्था लि. डुमरबानाको आयोजनामा संस्थाको आयोजनामा जिल्ला प्रशासन कार्यलय बाराका प्रजिअ परशुराम अर्यालको प्रमुख आतिथ्यमा शनिवार तीज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ६१०० सदस्यहरु मध्ये ९१ प्रतिशत महिला सदस्यहरु रहेको यस संस्थाले संस्थाका अगुवा समूह अन्तरसमूह विभिन्न उपसमिती शाखा समन्वय समिती, कर्मचारीहरुको भेला गराई उक्त कार्यक्रमको आयोजना गरेर दर खाने तथा आफ्ना सम्पूर्ण सदस्यहरु एवं नेपाली नारीहरुको महान चाड तीजको शुभकामना आदान प्रदानको कार्य गरियो ।
कार्यक्रममा संचारकर्मी राष्टिय विभूति सामुदायिक शिक्षा सदनका शिक्षक प्रतिनीधी सहभागी थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
