२० कात्तिक २०८३, शुक्रबार

एकीकरण हुने सहकारीलाई ५ वर्ष सम्म आयकर छुट हुनुपर्छः बस्नेत

२०७१ भदौ ७, शनिवार
एकीकरण हुने सहकारीलाई ५ वर्ष सम्म आयकर छुट हुनुपर्छः बस्नेत

भरतपुर ८ भदौ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेपस्कून)का केन्द्रिय उपाध्यक्ष डिवि बस्नेतले सहकारीको गुाणात्मक वृद्धिकालागि सहकारी एकीकरण आवश्यक रहेको बताएका छन् । सहकारी समन्वय मञ्च गैडाकोटले गरेको करसम्बन्धि अन्तक्रिया कार्यक्रममा बोल्दै उनले मर्जरका लागि बैंक÷वित्तीय संस्थालाई जस्तै निश्चित अवधिसम्म आयकर छुट दिनुपर्ने माग गरे ।

उनले एकीकरण हुने संस्थालाई न्यूनतम पनि ५ वर्ष सम्म आयकर छुट हुने व्यवस्था ल्याउनुपर्नेमा जोड दिए । केन्द्रिय उपाध्यक्ष बस्नेतले सहकारीको संख्यात्मक विकासभन्दा पनि गुणात्मक विकासमा जोड दिँदै सहकारी मर्जर प्रक्रियामा अघि बढ्न थालेको बताए । आवाज एकीकरणका लागि सहकारीका केन्द्रीय संघ र कार्यालयबाट पूर्वस्वीकृत लिनुपर्छ । त्यसपछि विस्तृत अध्ययन गरी साधारणसभाबाट पास गराउनुपर्छ । संस्थाले आवश्यक ठाने मर्जर प्रक्रियामा विभाग वा डिभिजन सहकारी कार्यालयलले सहजीकरण्ँ गर्न सक्ने कार्यविधिमा छ ।

सहकारी विभागले जारी गरेको कार्यविधि स्पष्ट नभएको र एकीकरण्ँपछि सरकारी स्तरबाट कुनै विर्ष सेवा सुविधा नभएको भन्दै अधिकांस मर्जरमा जान नचाहेका हुन् । विभागको तथ्यांकअनुसार देशभर ३० हजारभन्दा बढी सहकारी दर्ता छन् । अन्तक्रियामा सहभागि सहकारीकर्मिहरुले नया नगरपालिका क्षेत्र घोषणा गरीएका ठाउमा ५ वर्षसम्म कर बढाइन नहुने वताएका छन् ।सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष माधवप्रसाद गौतमले नगरपालिका क्षेत्र घोषणा भएका क्षेत्रमा सहकारीहरको कर प्रणालिका बारेमा जानकारी दिन अन्तक्रिया गरीएको बताए । कार्यक्रममा जिल्ला सहकारी सस्था नवलपरासिका अध्यक्ष रामप्रसाद सिग्देल,दुग्ध उत्पादक संघका भुपाल श्रेष्ठ, आन्तरीक राजश्व कार्यालयका प्रमुख प्रम उपाध्याय लगायतले बोलेका थिए ।

अभिलेख

लोकप्रिय