२० कात्तिक २०८३, शुक्रबार

चाइना ट्रेड सहकारीले ३४ लाख कर तिर्यो

२०७१ भदौ ७, शनिवार
चाइना ट्रेड सहकारीले ३४ लाख कर तिर्यो

काठमाडौ, ७ भदौ । चाइना ट्रेड बहुउद्दश्यीय सहकारी संस्था लिमिटेड गत आर्थिक वर्ष २०७०।०७१ मा एक करोड तीन लाख मुनाफा आर्जन गरेको छ । यस अवधीमा २० करोड २२ लाख ९४ हजार निक्षेप संकलन र २० करोड ३३ लाख १४ हजार कर्जा प्रवाह गरी यो नाफा आर्जन भएको हो । निक्षेप र कर्जा लगानी दुवै अघिल्लो आ.व.को भन्दा बढी हो । अघिल्लो वर्ष १९ करोड ३१ लाख ५३ हजार निक्षेप संकलन गरी १८ करोड ५० लाख रुपैयाँं कर्जा प्रवाह गरेको संस्थाका ब्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो नाफाबाट सेयर सदस्यलाई ९ प्रतिशत नगद लाभांस दिने निर्णय गरिएको संस्थाले जानकारी दिएको छ । संस्थाको शनिबार राजधानीमा सम्पन्न सातौ वार्षिक साधारण सभामा यो जानकारी दिइयो । सातवर्ष अघि २८ जना सेयर सदस्यबाट सुरु भएको यस संस्थामा हाल सात सय ४६ जना सेयर सदस्य छन् । संस्थाको चुक्तापूँजी हाल पाँंच करोड ७६ लाख रुपैयाँ पुगको छ । संस्थाले व्यवसायीक, सेयर, घरजग्गा, सवारीसाधनलगायतका क्षेत्रमा ऋण लगानी गरिरहेको छ । संस्थाले आगामी दिनमा लगानीका लागि नयाँं क्षेत्रको पहिचान गर्नेछ । यसका लागि सम्भावित क्षेत्रको अध्ययन अनुसन्धान गरिनेछ ।  चालू आवमा एक करोड ५८ लाख नाफा आर्जन गर्ने लक्ष्य राखिएको साधारणसभामा जानकारी दिइयो । गत आवमा सहकारीले ३४ लाख ३७ हजार रुपैयाँं कर राज्यलाई तिरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले २०७५ भित्र मुलुककै उत्कृष्ट मध्येको एक सहकारी संस्था बनाउने योजना रहेको बताए । सेयर सदस्यको संख्या पनि त्रमशः विस्तार गर्दै जाने योजना छ ।
साधारण सभामा प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर के.सी.ले सहकारी मुलुकको विकासका लागि मेरुदण्ड भएको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि., जिल्ला सहकारी संघ लि. काठमाडौं प्रतिनिधिले लगायतका ब्यक्तित्वहरुले सहकारीले समाजको विकासका लागि पुर्याएको योगदान र यसको महत्वका बारे प्रकाश पारेका थिए ।

अभिलेख

लोकप्रिय