सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना
काठमाडौं, ६ भदौ । राष्ट्रिय सहकारी संघले देशका विभिन्न ठाउँमा बाढी पहिरो र डुवानबाट पीडितहरुको सहयोगका लागि सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना गरी कोषमा सक्दो सहयोग गर्न देशभरका सहकारी संघ संस्था, सहकारीकर्मीहरु र इच्छुक व्यक्तिहरुलाई आव्हान गरेको छ ।
संघले विज्ञप्ती प्रकाशित गरी मुलुकका विभिन्न क्षेत्रमा भएको प्राकृतिक प्रकोप पीडितलाई राहत सहयोगका लागि आव्हान गरेको हो । पीडितहरुको राहत तथा सहयोगका लागि सहकारी क्षेत्रबाट सामुहिक रुपमा यथासम्भव सहयोग पुर्याउने उदेश्यका साथ सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना गरिएको संघले जनाएको छ ।
संघले राष्ट्रिय सहकारी बैंकको बानेश्वर शाखामा रहेको खाता नं १३–००२४२–९, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नं १४२००–३४३५१–१० र काठमाडौं भुगोलपार्कस्थित नेपाल बैंकको खाता नं ०००२–११–००६२६९५ मा रकम जम्मा गर्न सकिने संघले जनाएको छ । बैंकका देशभरका शाखाहरु मार्फत राहत रकम संकलन गर्न सकिने संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
