२० कात्तिक २०८३, शुक्रबार

वागमती बहुउद्देश्यीय र मञ्जुश्री सहकारीका सञ्चालक थुनामा

२०७१ भदौ ६, शुक्रबार
वागमती बहुउद्देश्यीय  र मञ्जुश्री सहकारीका सञ्चालक थुनामा

काठमाडौं ६ भदौ ।अदालतले   मागे जति धरौटी बुझाउन नसकेपछि वागमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मञ्जुश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई पुर्पक्षको लागि नख्खु कारागार चलान भएका छन् ।

बागमती बहुउद्देश्यीयका सदस्य जगदिश रिजाललाई  जिल्ला अदालत ललितपुरबाट दुई करोड ६८ लाख ६६ हजार पाँच सय २७ धरौटी माग भएकोमा राख्न नसकेपछि नख्खु कारागार थुनामा पठाइएको ललितपुर प्रहरीले जानकारी दिएको  छ ।
।

मञ्जुश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कुन्दन खड्कालाई पनि अदालतको एक करोड १६ लाख धरौटी तिर्न नसकेपछि नख्खु कारागार पठाइएको छ। यस्तै बागमतीका सचिव किरण विष्टलाई पुर्पक्षका लागि नख्खु कारागार पठाइएको छ। बागमती बहुउद्देश्यीयका मेनेजर दशरथ बस्नेत भने अदालतको ५० हजार धरौटी तिरेर रिहा भएको बताइएको छ ।

अभिलेख

लोकप्रिय