ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
उनले कोहिनुर हाउजिङ कम्पनीको नामबाट कौशलटार होम्स, भेगास सिटी लगायतका परियोजना निर्माण गर्ने आश्वासन दिलाएर सर्वसाधारणबाट लाखौं दरले रकम उठाएका थिए । आयुशा डेभलपर्सको नाममा अपार्टमेन्ट बनाउने भनेर समेत उनले करोडौं रकम संकलन गरेका थिए । उनले निर्माण गरेका एकाध अपार्टमेन्टका ग्राहकले समेत लालपुर्जा पाउन सकेका छैनन् । सर्वसाधारणबाटसँगै तिनै अपार्टमेन्टका नाममा बैंकबाट समेत बस्नेतले ऋण लिएको हुँदा उनीहरुले लालपुर्जा नपाएका हुन् ।
मैतीदेवीमा प्रधान कार्यालय रहेको ओरियन्टल सहकारी भक्तपुर, पाटन, साँखु, जनकपुर लगायत स्थानमा शाखा खोलेर संकलन गरेको निक्षेप समेत उनले भुक्तानी गरेका छैनन् । कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको ४ अर्ब ठगी गरेको उजुरी परेको छ ।
काठमाडौं ६ भदौ । सर्वोच्च अदालतले ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको सयुक्त इजलासले सो अादेश दिएको हो ।
जिल्ला र पुनरावेदनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सर्वोच्चले फैसला उल्टाउँदै पछि ठहर बमोजित हुनेगरी बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो ।सर्वसाधारणबाट उठाएको पैसा रियलस्टेटमा लगाएका बस्नेत घरजग्गा कारोवार ओरालो लागेसँगै समस्यामा उनको सहकारी समस्यामा थिए । लामो समय आश्वासनमा अल्झाए पनि कुनै काम गर्न नसके पछि उनलाई ठगि मुद्दा चलाइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
