वागमती बहुउद्देश्यीय र मञ्जुश्री सहकारीका सञ्चालक थुनामा
काठमाडौं ६ भदौ ।अदालतले मागे जति धरौटी बुझाउन नसकेपछि वागमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मञ्जुश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई पुर्पक्षको लागि नख्खु कारागार चलान भएका छन् ।
बागमती बहुउद्देश्यीयका सदस्य जगदिश रिजाललाई जिल्ला अदालत ललितपुरबाट दुई करोड ६८ लाख ६६ हजार पाँच सय २७ धरौटी माग भएकोमा राख्न नसकेपछि नख्खु कारागार थुनामा पठाइएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
।
मञ्जुश्री वचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कुन्दन खड्कालाई पनि अदालतको एक करोड १६ लाख धरौटी तिर्न नसकेपछि नख्खु कारागार पठाइएको छ। यस्तै बागमतीका सचिव किरण विष्टलाई पुर्पक्षका लागि नख्खु कारागार पठाइएको छ। बागमती बहुउद्देश्यीयका मेनेजर दशरथ बस्नेत भने अदालतको ५० हजार धरौटी तिरेर रिहा भएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
