२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रहित विपरीत सम्झौता नहुने प्रमको भनाइ

२०७१ भदौ ५, बिहिबार
राष्ट्रहित विपरीत सम्झौता नहुने प्रमको भनाइ

काठमाडौं, ५ भदौ । राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन् ।
भारतसँगको विद्युत् व्यापार सम्झौता र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता हतारमा हस्ताक्षर नगर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज गएको नेकपा–माओवादीसहित १० दलका नेताहरूको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाललाई तल पारेर कुनै सम्झौता नुहनेमा आश्वस्त पार्दै आफूले राष्ट्रियतामा आँच आउन नदिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले प्रतिनिधिमण्डललाई भारतको हिजो र अहिलेको अवस्थामा परिवर्तन आएकाले सधँै शङ्काको दृष्टिकोणले नहेर्न आग्रह गरे । हलै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल भ्रमणका क्रममा आफ्ना छिमेकी राष्ट्रसँग समानता र सार्वभौमिकताको आधारमा सम्बन्ध विकसित गर्न चाहेको तथा थिचोमिचोमा पारेर लेनदेन गर्न नचाहेको कुरा आफूसँग राखेको प्रधानमन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपाल भ्रमणको क्रममा आफूसँगको भेटमा मलेसियाको विकासको आधार विदेशी लगानी रहेको स्मरण गराउँदै नेपालमा विदेशी लगानी आउँदा नतर्सन प्रतिनिधिमण्डललाई आग्रह गरे । तीनबुँदे ज्ञापनपत्रमा भारतसँग सम्झौता गर्नुपरे सर्वदलीय सहमति कायम गरेर मात्रै गर्र्नुपर्ने, आन्तरिक आपूर्तिमुखी विद्युत् परियोजना निर्माण राज्यले मात्रै गर्नुपर्ने, निजी क्षेत्रले विद्युत् निकाल्दा चिलिमे र माथिल्लो तामाकोसी नमुनाअनुसार बनाउनुपर्ने उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय