२० कात्तिक २०८३, शुक्रबार

सहकारी विभागमा ८३ दरबन्दी खाली

२०७१ भदौ ५, बिहिबार
सहकारी विभागमा ८३ दरबन्दी खाली

काठमाडौं, ५ भदौ । सहकारी विभाग र विभाग अन्र्तगतका निकायमा ८३ दरबन्दी खाली रहेको छ । स्वीकृत दरबन्दी अनुसार कर्मचारी नियुक्ति नहुँदा काममा समेत प्रभावीत हुदै आएको छ । दरबन्दी अनुरुप कर्मचारी नियुक्ति हुने हो भने सहकारी नियमन र अनुगमनमा थप राहत हुने सहकारी विभागका एक अधिकारीले बताए ।

विभाग अन्तर्गत १ केन्द्रिय प्रशिक्षण केन्द्र, ३३ डिभिजन कार्यालय र ५ डिभिजन तथा प्रक्षिणकेन्द्र रहको छ । यि निकायमा राजपत्र अंकित १३ जना पद रिक्त छ । जसमा ४ उपसचिव स्तर र ९ शाखा अधिकृत पद रिक्त छ । राजपत्र अंकितमा ८६ जना स्वीकृत दरबन्दी भएकोमा हाल ७४ जना मात्र पदपूर्ती छ ।

त्यस्तै राजपत्र अनंकित ७० पद रिक्त छ । जस अन्तर्गत नायव सुब्बा २२, लेखापाल ३, साहायक लेखापाल ६ र अन्य विभिन्न पद रिक्त रहेको सहकारी विभागले जनाएको छ । राजपत्र अनंकितमा स्विकृत दरबन्दी ३ सय ६९ हो । जसमा २ सय ९९ जनामात्र पदपूर्ती भएको छ ।

अभिलेख

लोकप्रिय