२० कात्तिक २०८३, शुक्रबार

जुरे पहिरो पिडितलाई चन्द्रसूर्य सहकारीले सहयोग गर्ने

२०७१ भदौ ५, बिहिबार
जुरे पहिरो पिडितलाई चन्द्रसूर्य सहकारीले सहयोग गर्ने

काठमाडौं, ५ भदौं । ललितपुर स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पिडितलाई सहयोग गर्ने भएको छ । संस्थाले प्रत्येक वर्ष गर्दै आएको यस्ता कार्यक्रम अन्तर्गत यसपटक पहिरो पिडितलाई सहयोग गर्न लागेको हो ।

संस्थाले इच्छुक शेयर सदस्य, कर्मचारी, संचालक समिति, लेखासमिति, उपसमिति र शुभचिन्तकहरुबाट रकम संकलन गरी पिडितलाई राहत स्वरुप वितरण गर्ने संस्थाका अध्यक्ष रामशरण बस्नेतले सहकारीखबरलाई जानकारी दिए । रकम संकलन भईरहेको र आगामी शनीबार सिन्धुपाल्चोक गइ प्रमुख जिल्ला अधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्ने उनले बताए । सहयोग रकम एक लाख भन्दा बढी हुने अपेक्षा संस्थाको रहेको उनको भनाई थियो ।

‘परिवर्तन सहकार्यविना न हिजो सम्भव थियो न भोलि ।’ उनले भने, ‘चन्द्रसूर्य सहकारिको आयोजनामा हुनलागिरहेको यो काम विशुद्ध सामाजिक कार्य हो, जुन सहकारी सिद्धान्त भित्र पर्दछ ।’ यस मानविय कार्यमा सहभागि भई सचेत सामाजसेवी नागरिकको भूमिका निर्वाह गर्न समेत संस्थाले आग्रह गरेको छ ।

अभिलेख

लोकप्रिय