२० कात्तिक २०८३, शुक्रबार

क्यानाडाका लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक

२०७१ भदौ ५, बिहिबार
क्यानाडाका लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं, ५ भदौं । अर्थमन्त्री डा रामशरण महत र क्यानाडाका लगानीकर्ताहरु बीच अर्थमन्त्रालयमा नेपालमा लगानी गर्नेबारे छलफल भयो । संबिधानसभाको दोस्रो चुनाव सम्पन्न भै नयाँ सरकार बनेपछि नेपालमा विदेशी लगानीकर्ताहरुको चासो बढ्दै गएको छ । यही क्रममा क्यानाडाका लगानीकर्ताहरु पनि लगानीको संभावना खोज्न अध्ययनका लागि हालै नेपाल आएका हुन् ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्ने स्वदेशी वा विदेशी लगानीकर्ताहरुलाई पनि कर छुट दिएर प्रोत्साहन गरिएको जानकारी दिए । ‘१ अर्ब भन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र २ अर्बभन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्वन्धित उद्योगलाई कारोबार शुरु गरेको मितिले ५ बर्षसम्म पूर्णरुपमा र त्यसपछिको ३ बर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरुलाई प्रोत्साहन गरिएको छ ।’ उनले भने ।
नेपालमा कृषि उर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै उनले यी क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिए ।

नेपालको यातायात क्षेत्रमा उच्च महत्व राख्ने यो द्रुतमार्गको निर्माणका लागि निजीक्षेत्र नआएमा सरकार आफैले पनि कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । क्यानाडाका लगानीकर्ताहरुले आफूहरु बैंक, उर्जा, पर्यटन, फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रमा आकर्षित भएको बताएका थिए । उनीहरुले नेपालमा २५ वर्षमुनिका काम गर्ने जनशक्ति पर्याप्त भएको र लगानीको वातावरण बन्न थालेकोले लगानीका लागि आकर्षित भएको जानकारी दिएका थिए ।

अभिलेख

लोकप्रिय