न्युजिल्यान्डका भेडा जुम्लामा भित्रिँदै
जुम्ला, ५ भदौ । भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमअन्तर्गत जुम्लामा एक साताभित्रै दुई जातका २६ वटा भेडा भित्रिने भएका छन् ।
कुपोर्थ र रोम्नी मार्स जातका २६ वटा भेडा काठमाडौँ ल्याइसकेको र दुई चार दिनपछि जुम्लामा ल्याइने भेडा तथा बाख्रा कार्यक्रम गुठीचौर जुम्लाका संयोजक लुमानिधि पाण्डेले जानकारी दिनुभयो ।
ती जातको भेडाको मुख्य विशेषता भनेको तिनीहरूको ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गरी त्यसबाट विशेषगरी कार्पेट बन्ने गरेको संयोजक पाण्डेले जनाउनुभयो ।
गत आवमै नेपाल सरकारले विनियोजन गरेको बजेटबाट जुम्लाका लागि २६ र नुवाकोट जिल्लाको पानसय खोला भेडाफार्मको लागि २६ वटा भेडा खरिद गरी नेपाल ल्याइएको हो ।
नेपालले विश्व व्यापार सङ्गठनमा कुनै पनि देशले आफ्नो देशमा आठ प्रतिशत कच्चा पदार्थ उत्पादन गर्नुपर्ने विषयमा सम्झौता गरेपनि अहिलेसम्म त्यसो गर्न नसकेको बताउँदै संयोजक पाण्डेले यो जातका भेडाले केही हदसम्म त्यसमा टेवा पुर्याउने बताउनुभयो ।
करिब चार वर्षको प्रयासपछि न्युजिल्यान्डबाट जुम्लामा भेडा भित्र्याउन सफल भइएको संयोजक पाण्डेले अवगत गराउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
