२१ कात्तिक २०८३, शनिवार

युएईका नेपालीले सहकारी खोली कृषि क्रान्ति गर्ने

२०७१ भदौ ४, बुधबार
युएईका नेपालीले सहकारी खोली कृषि क्रान्ति गर्ने

युएई, ४ भदौ । रोजगारीको शिललिला संयुक्त अरव इमिरेट्स (युएई) पुगेका नेपालीहरुले कर्मभुमि वचत तथा ऋण सहकारी लगानी कोष स्थापना गरी सहकारी अवधारणमा संचालन गरेका छन् ।

२०७१ वैशाख १ गते देखि युएईको सारजहक्षेत्रमा रोजगारीको शिललिला पुगेका नेपालीहरुले यस संस्थाको स्थापना गरी हाल ३० लाख रुपैंया रकम जम्मा गरेका छन् । संस्थाले प्रत्येक महिना प्रतिव्यक्ति १ सय १ दिराम संकलन गर्ने गरेको छ । एक दिराम बराबर २७ रुपैंया नेपाली हुन्छ । संस्थामा हाल ३० लाख भन्दा बढी रकम जम्मा भैसकेको संस्थाका अध्यक्ष ऋषि राम पाठकले जानकारी दिए । “यसरी संकलन भएको रकम ९० प्रतिशत कर्जा प्रवाह गर्ने गरेका छौं ।” उनले भने, “उक्त कर्जाको व्याज २ प्रतिशत मात्र छ ।” संस्थामा १३ वटा समुह छन् जसमा एउटा समुहमा ८,९ जना रहेको छ ।

भैपरी आउने समस्याका साथै नेपालमा कृषि क्रान्तिका लागि कोष संचालनमा ल्याएको बताइएको छ । हाल वचत तथा ऋणको कार्यक्रम संचालन गर्ने गरेको भएपनि अब नेपालमा सहकारी दर्ता गरी सहकारी मार्फत कृषि क्रान्ति गर्ने जनाएको छ ।

12
संस्थाले माछापालन, वंगुरपालन, गाईपालन, वाख्रापालन, डेरी उद्योग, तरकारी खेती लगायतका काम नेपालमा गर्ने सोच बनाएको पाठकले बताए । संस्थामा स्यांजा, कास्की, गुल्मी, धादिङ अर्घाखाँची, रुपन्देही, पर्वत, पाल्पा, वाँके, वर्दिया, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका जिल्लाका सहभागी भएका छन् । संस्थाको उपाध्यक्षमा टिकादत्त शोभ, लेखा व्यवस्थापन निर्देशकमा यज्ञमुति खनाल, कर्जा व्यवस्थापन निर्देशकमा टेक वहादुर विश्वकर्मा, बजार निर्देशकमा प्रभाकर पौडेल, जोखिम व्यवस्थापक निर्देशकमा मिल वहादुर गुरुङ रहेको रहेका छन् ।

अभिलेख

लोकप्रिय