अर्थमन्त्री महतसँग भारतीय राजदूतको भेटःविकास सहायतालाई कार्यान्वयनमा जोड
काठमाडौं ४ भदाै। अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि भारतका राजदूत रञ्जित रेबीच बुधवार भेट भएको छ । भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा घोषणा भएको विकास सहायतालाई कार्यान्वयन गर्ने सम्वन्धमा छलफल भएको अर्थमन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका अवसरमा नेपाललाई एक अर्ब डलर बराबरको सहयोगको घोषणा गरेका थिए । घोषणा भएको सहयोगलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा अर्थमन्त्री डा महतले जोड दिएका छन् ।
नेपालको प्राथमिकता काठमाडौं तराई द्रुतमार्ग, मध्यपहाडी सडक र जलबिद्युत आयोजना भएको जानकारी दिदै अर्थमन्त्री डा. महतले जलबिद्युत आयोजनामा विशेषगरी बुढीगण्डकी र नलसिंगाड भएको स्पष्ट पारे ।
अर्थमन्त्री डा महतले भारतका प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशको सम्वन्धलाई प्रगाढ बनाउन ठोस भूमिका निर्बाह गरेको समेत राजदूत रेलाई बताए ।
भेटमा क्रिकेट एकेडेमी निर्माणका साथै पोखरा, भैरहवा र नेपालगञ्जमा क्रिकेट खेल मैदान निर्माण, झुलाघाट पुल निर्माणमा पनि छलफल भएको अर्थमन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
नेपालका लागि भारतका राजदूत रेले प्रधानमन्त्री मोदीको भ्रमणका अवसरमा घोषित सहयोगलाई शीघ्र कार्यान्वयनमा ल्याउन भारत तयारीमा रहेको जानकारी दिए । उनले सहयोगको सहुलियतपूर्ण ब्याज १.७५ प्रतिशतको सट्टा एक प्रतिशत मात्र भएको जानकारी पनि दिए ।
राजदूत रेले नेपाल र भारतबीच सहमति भैसकेका बुँदाहरुमा फेरि छलफल नगरी असहमत बुँदालाई पनि छिटो सहमतिमा लगि बिद्युत व्यापार र बिद्युत विकास दुबै सम्झौता गर्नुपर्नेमा जोड दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
