२० कात्तिक २०८३, शुक्रबार

३ सय ८२ सहकारीको दर्ता खारेज

२०७१ भदौ ४, बुधबार
३ सय ८२ सहकारीको दर्ता खारेज

काठमाडौं, ४ भदौ । आर्थिक वर्ष २०७०/०७१ मा देशभर ३ सय ८२ सहकारी संस्थाको दर्ता खारेज भएको छ ।

सहकारी विभाग अन्तर्गत रहेको ३३ वटा डिभिजन कार्यालय र ५ वटा डिभिजन तथा प्रशिक्षण केन्द्रले उक्त निष्कृय संस्थाको दर्ता खारेज गरेको हो । ति संस्थाको दर्ता खारेज गरी सहकारी नियमन तथा सुशासन प्रभावकारी बनाउने काम भएको सहकारी विभागले जनाएको छ ।

खारेज भएका सहकारी संस्थामध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था छन् । लामो समयदेखि लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र साधारणसभासम्बन्धी कागजात नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज भएको हो । विशेष गरी शहर केन्द्रित रही स्थापना भएको सहकारी खारेजीमा परेको विभागको भनाई छ ।

त्यस्तै सोही आर्थिक वर्षमा ७ सय ५२ वटा नयाँ सहकारी संघ÷संस्था स्थापना भएका छन् । जसमा २६ वटा संघ रहेका छन् भने ७ सय २६ प्रारम्भिक सहकारी संस्था रहेका छन् । नयाँ fbसहकारी स्थापना भएपछि सदस्यहरु बीच आर्थिक, सामाजिक सशक्तिकरणमा योगदान पुगेको सहकारी विभागका वरिष्ठ कृषि अर्थविज्ञ विष्णु प्रसाद घिमिरेले सहकारीखबरलाई बताए । नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्ता बन्द गरेपछि हाल सहकारी दर्ता ह्वात्तै घटेको छ ।

देशभर वार्षिक २ हजार भन्दा बढी संस्था दर्ता हुनेगरेको दर्ता रोक गरेपछि यसको संख्या ७ सय २६ मा सिमिति भएको हो ।

अभिलेख

लोकप्रिय