२० कात्तिक २०८३, शुक्रबार

एक सय भन्दा बढी सहकारी निष्कृय, खारेजीको तयारी

२०७१ भदौ ३, मङ्गलबार
एक सय भन्दा बढी सहकारी निष्कृय, खारेजीको तयारी

अनूगमनका क्रममा धेरै सहकारीको बोर्ड, खाता, कार्यालय र कारोबार भएको देखिएको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका सहकारी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बाँके, ३ भदौ । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय बाँकेले गरेको अनुगमनमा एकसय भन्दा बढी सहकारी संस्थाहरु निष्कृय रहेको पाएको छ ।

कार्यालयले हालै गरेको अनुगमनका क्रममा जिल्लामा दर्ता रहेका मध्ये ति सहकारी काम नगरी निष्कृय अवस्थामा रहेको पाइएको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा निष्कृय पाइएका सहकारी सस्थालाई सक्रिय हुन वा खारेजीका लागि निवेदन दिन आग्रह गरिएको उनले बताए ।

साधारणसभा बस्न नसक्ने अवस्था भए खारेजीका लागि सञ्चालक समितिको बैठक राखेर समेत निर्णय गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय