२० कात्तिक २०८३, शुक्रबार

निक्षेपमा ब्याज बढ्यो, कर्जामा घट्यो

२०७१ भदौ २, सोमबार
निक्षेपमा ब्याज बढ्यो, कर्जामा घट्यो

म्याग्दी,  २ भदौ । तरलता बढेपछि चालु आर्थिक वर्षमा सहकारी संस्थाले निक्षेपमा ब्याजदर बढाएर कर्जामा घटाएका छन्। कस्तुरी सहकारीले निक्षेपमा एक प्रतिशत बढाउनुका साथै कर्जामा दुई प्रतिशत घटाएको छ। त्यसैगरी न्यु धौलागिरि सहकारी, कुमारी सहकारी, बुद्ध सहकारीका साथै साना पुँजी भएका सहकारीले समेत कर्जा लगानीलाई प्राथमिकतामा राखेर ब्याजदर घटाएका छन्।fb निक्षेपमा राम्रो ब्याज दिन थालेपछि बैंकबाट रकम निकालेर सहकारीमा ल्याउने गरेको सहकारीका कर्मचारीको भनाइ छ। युवापुस्तालाई आकर्षित गराउने योजना ल्याउने तयारीमा सहकारी छन्।

अभिलेख

लोकप्रिय