२० कात्तिक २०८३, शुक्रबार

पोखरा रोयल सहकारीले बुझायो ८५ लाख ७७ हजार राजस्व

२०७१ भदौ १, आईतवार
पोखरा  रोयल सहकारीले बुझायो ८५ लाख ७७ हजार राजस्व

पोखरा १ भदैा । पोखरा  रोयल सहकारी संस्था लिमिटेड कास्कीको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैकका सञ्चालक रामबहादुर जिसीले गरे । सो अवसरमा बोल्दै जिसीले सहकारी क्षेत्रले राज्यको कुल ग्राहस्थ उत्पादन गरेको योगदानको पुनमूल्यांकन हुनु पर्नेमा जोड दिए । वचत तथा ऋण, उत्पादन र सेवा क्षेत्रका सहकारीहरुले जनताको आय आर्जन वृद्धिमा गरेको योगदानका पुर्नमूल्याकंन हुनु पर्छ, जिसीको भनाइ थियो ।

fb

सहकारी मार्फत आर्थिक सामाजिक समृद्धिका लागि सहकारीका मूल्य मान्यता र सिद्धान्तलाई सहकारी संघ संस्थाहरुले आत्मसाथ गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रा.डा.दिलबहादुर क्षेत्री, बचत तथा ऋण सहकारी संघ लि. कास्कीका उपाध्यक्ष सुदिप ढकाल, सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय कास्कीका प्रतिनिधि विष्णुप्रसाद ढकालले रोयल सहकारीले गरेको योगदान प्रसशंनीय रहेको बताए।

कार्यक्रम संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष गणेशकुमार प्रधानको स्वागत र सचिव तथा प्रवन्ध निर्देशक भीम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।   सो अवसरमा ७० वर्ष पुरा भएका शेयर सदस्यहरु, एसएलसीमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुका छोराछोरी, उत्कृष्ट शेयर सदस्य, बचत तथा ऋण सहकारी संघ कास्कीको अध्यक्षमा निर्वाचित सचिव भीम गुरुङ, एभरेष्ट इनर्जी सहकारीको सञ्चालकमा चयन भएका अध्यक्ष तुलसीप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

संस्थाले गत आर्थिक वर्षसम्म ७ करोड २४ लाख शेयर,  ६६ करोड २८ लाख बचत संकलन, ६५ करोड २५ लाख लगानी, १० करोड ६ लाख आम्दानी र ८ करोड ३ लाख खर्च गरी २ करोड ३ लाख भन्दा बढी मुनाफा गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको कारोबारबाट आयकर ४४ लाख ३३ हजार सहित कुल ८५ लाख ७७ हजार कर तिरेको प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय