आइपिएम प्रविधिबाट उत्पादन भएको तरकारीको बजार बन्द
बनेपा, १ भदौ । आइपिएम प्रविधिबाट उत्पादन भएको तरकारीको बिक्री वितरण गर्ने बनेपास्थित चैतन्य मार्गको तरकारी बजार बन्द भएको छ ।
साताको एक दिनमात्रै सञ्चालन भइरहेको सो बजार स्थान अभावका कारणले बन्द भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले बताए । तरकारी बजार कहाँ सञ्चालन गर्ने भन्ने निश्चित भएपछि पुनः सञ्चालन गर्छांै भने ।
जैविक विषादीको मात्रा बढी र रासायनिक विषादीको मात्रा कम प्रयोग गरेर कृषकले आइपिएम प्रविधिबाट उत्पादन गरेको आलु, काँक्रा, बोडी, काउली, भेडे खुर्सानी, भान्टालगायत मौसमअनुसारका विभिन्न थरीका तरकारीको सो बजारबाट बिक्री वितरण हुँदै आएको थियो । त्यस्तो प्रविधिबाट उत्पादन हुने गरेको तरकारी किन्न बजारमा उपभोक्ताको भीड लाग्ने गरेको थियो ।
विसं ०६९ कात्तिक १ गतेदेखि आइपिएम कृषक समूह, कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकको कोसेली घरको संयुक्त पहलमा सञ्चालन भएको तरकारी बजारलाई स्थान निश्चित भएपछि एक सातामा दुई दिन र क्रमिक रूपमा साताभरि नै सञ्चालन गर्ने सोच रहेको वरिष्ठ अधिकृत हुमागाईंले बताउनुभयो । हामीले सबै उपभोक्तालाई पायक पर्ने स्थान खोजिरहेका छौँ, सम्भवत एक साताभित्र टुङ्गो लाग्छ उहाँले भन्नुभयो ।
जिल्लामा विसं ०५४÷०५५ देखि नै कृषकले आइपिएम प्रविधिबाट विभिन्न थरीका तरकारीको उत्पादन गर्दै आएका छन् । नेपाल सरकारको बजेटमार्फत ठूलो परिमाणमा जिल्लामा आइपिएम कार्यक्रम सञ्चालन हुन लागेको छ, कुशादेवी, महादेवस्थान, शङ्खु र र्यालेमा सो प्रविधिबाट खेती हुने गरेको छ ।
यहाँबाट उत्पादन हुने तरकारीको बिक्री वितरणका लागि काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्री कक्षसमेत खोलिन लागेको छ । कृषि विभागअन्तर्गत बाली संरक्षण निर्देशनालयको अगुवाइमा काभ्रेपलाञ्चोक, धादिङ र चितवनमा आइपिएम प्रविधिबाट तरकारी खेतीको उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
जिल्लाको नौ हजार ६०२ हेक्टर क्षेत्रफलमा भएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक एक लाख ६२ हजार ७५२ मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको छ । यसबाट वार्षिक रु चार अर्ब बराबरको कारोबार हुने गरेको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
