दैनिक दश करोड लिटरभन्दा बढी पानीको व्यापार
काठमाडौं । असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा १० करोड लिटरभन्दा बढी पानीको व्यापार भइराखेको छ ।
चैत, वैशाख र जेठ महिनाको तुलना भने यो अन्त्यत न्यून रहेको यसको कारोबारमा संलग्न व्यवसायीहरूको भनाइ छ । उनीहरूले भने, ती तीन महिनामा दैनिक रूपमा २५ करोड लिटरसम्म पानी व्यापार भयो ।
हाल उपत्यकाभित्र दैनिक रूपमा ८०० ट्याङ्कर पानी खरिद बिक्रीमा संलग्न छन् । यस्ता ट्याङ्करको क्षमता पाँच हजार लिटरदेखि १५ हजार लिटरसम्मका रहेका छन् ।
यसका अतिरिक्त २० लिटरका जार र एक लिटरका बोतलका पानी पनि बिक्री वितरण भइराखेको छ । एक लिटर बोतलका पानी दैनिक रूपमा उपत्यकाभित्र कति खपत हुन्छ भन्ने एकिन जानकारी कुनै निकायसित छै्रन । उपत्यका खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसाय सङ्घका अनुसार उपत्यकाभित्र पानीको कारोबार गर्न नौ अर्बभन्दा माथिको लगानी छ ।
उपत्यकाभित्रका मुख्यतः चोभार, बालाजु, जोरपाटी, मातातीर्थ गोदावरी, मच्छेगाउँ पानीको मुख्य स्रोत भएका क्षेत्र हुन् । यस्ता क्षेत्रबाट मुहान, बोरिङ तथा स्योलोट्युबवेलमार्फत उपत्यकाभित्र पानी बिक्री वितरण हुने गर्दछ । यस व्यवसायमा सांसददेखि ठूला घरानाका व्यापारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको सङ्घले जनाएको छ ।
अहिले ती पानीका स्रोतबाट एकसय मिटर डिप बोरिङ तथा ४०–५० फिटसम्मका स्यालो ट्युवमा भूमिगत पानी तानी बिक्री वितरण भइराखेको छ । काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेको निर्देशिका विपरीत अनधिकृत रूपमा केही व्यवसायीले बोरिङ तथा स्यालोट्युबवेलबाट पानी निकालिरहेको सङ्घले जनाएको छ ।
सङ्घले बोर्डबाट केबल १९ वटा व्यवसायीले मात्र इजाजत लिएको जनाएको छ । तर उपत्यकाभित्र ३०० भन्दा बढी बोरिङ तथा स्योलोट्युबवेल बिनाअनुमति सञ्चालनमा रहेको बताइन्छ ।
सङ्घको आज यहाँ आयोजित चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा सङ्घका अध्यक्ष हरिकृष्ण कँडेलले भने, बिनाअनुमति सञ्चालनमा रहेको बोरिङ तथा स्योलोट्युबवेलको कारोबारलाई रोक्न चुनौती छ ।
उनले भूमिगत पानीको कारोबारलाई व्यवस्थित बनाउन सरकारले व्यवसायीलाई सहयोग दिन आवश्यक रहेको धारणा राखे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
