नेफ्स्कूनको २७ औं स्थापना दिवस आज
काठमाडौं, ३१ साउन । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले २७ औं स्थापना दिवस आज मनाउदै छ ।
संघ २०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई बार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ । साउनको ३२ गते स्थापना भएको भएपनि प्रत्येक वर्ष साउन ३२ को महिना नहुनेभएकाले साउनको अन्तिम दिनलाई बार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।
नेफ्स्कूनले २ वटा अन्तराष्ट्रिय निकाय, ५ वटा सहकारीलाई क्षेत्रिय पुरस्कार, राष्ट्रिय पुस्कारको घोषणा गर्दै छ । बार्षिकोत्सवका घोषणा गरी साधारणसभामा पुस्कार वितरण गरिने संघका महासचिव परितोष पौडेलले सहकारीखबर डटकमलाई जानकारी दिए । संघको वार्षिकोत्सवलाई साधारणसभाको जत्तिकै महत्वका साथ हेर्ने गरेको पौडेलले बताए ।
संघले इटहरी, नारायणगढ, नेपालगञ्ज, चरिकोट, डुमे्र, हरिऔन, चावाहिल, ललितपुर, महेन्द्रनगर र बुटवलमा फिल्ड कार्यलय स्थापना गरी कारोबार गर्दै आएको छ । संघमा २ हजार ६८ प्रारम्भिक संस्था ५६ वटा जिल्ला संघ आवद्ध भएको छ । सदस्य जिल्ला संघहरुमा आवद्ध संस्थाहरु ३ हजार भन्दा वढी रहेको जनाएको छ । अवद्ध संस्थाहरुबाट ३० अर्ब भन्दा बढी कारोबार रहेको जनाएको छ । नेफ्स्कूनले ७१ जिल्लामा सदस्य विस्तार गरिसकेको छ ।
नेफ्स्कूनले २०५३ मा ९ वटा संस्थाबाट अन्तरलगानी सेवा शुरु गरेको थियो । हाल सम्म आइपुग्दा संघको ४ करोड ४० लाख शेयरपूँजी रहेको छ भने सम्पत्ति १ अर्ब २२ करोड र लगानी ५८ करोड रहेको नेफ्स्कूनले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
