२० कात्तिक २०८३, शुक्रबार

गृहमन्त्री गौतमको प्रश्न, “कमिसन खाएर चल्लनेलाई किन सहकारी भन्ने ”

२०७१ साउन ३१, शनिवार
गृहमन्त्री गौतमको प्रश्न, “कमिसन खाएर चल्लनेलाई किन  सहकारी भन्ने ”

कार्यक्रममा उपप्रधानमन्त्री गौतमले काभ्रेस्थित विन्दवासिनी र सामुदायिक, दोलखास्थित जनसचेतना, भक्तपुरस्थित सिद्धिगणेश र ललितपुरस्थित स्कोप साकोसलाई एक्सेस ब्राण्ड प्रमाणपत्र हस्तान्तरण गरे ।
नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोज शर्मा, सहकारी विभागका रजिष्टार विष्ण्ुाहरि पौडेल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, एसियाली ऋण महासङ्घ एवम् राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष मिनराज कँडेल, नेफ्स्कूनका महासचिव परितोष पौड्याललगायतले सहकारी संस्था सञ्चालन गर्दा सहकारीको सात सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड दिए।

काठमाडौं, ३१ साउन । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले केही बचत तथा ऋण सहकारी संस्थाले जनताको सेवा नभई ठगि गर्ने गरेको आरोप लगाएका छन् । वित्तिय सहकारीले बैंक तथा वित्तिय संस्थाबाट थोरै व्याजदरमा ऋण लिई चर्को व्याजमा सदस्यलाई लगानी गर्ने गरेकाले यसबाट सदस्य केन्द्रित सेवा नभई लुट खेती  भएको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को २७ औं स्थापना दिवसको अवसरमा बोल्दै गौतमले उत्पादनमुक क्षेत्रमा रहेर काम गर्ने  सहकारी मात्र जनताको सहकारी भन्न सकिने तर्क राखे । ‘जनताको पैसा यताबाट उता, उता बाट यता गरेर फाइदा लिने प्रवृतिलाई सेवा भन्न नमिल्ने भन्दै ’ उनले भने– ‘यस्ता काम त बैंक तथा वित्तिय संस्थाले पनि गरीरहेको छ ।’

बैंक जस्तै कमिसन खाएर चल्लने भए किन सहकारी भन्ने र उनले भने । बचत तथा ऋण सहकारीले बर्षको करोडौं नाफा कमाउन सफल भए पनि त्यसमा पारदर्शी नभएको बताए । सहकारी बचत तथा ऋणमा मात्रै केन्द्रित भएकोमा दुःख व्यक्त गर्दै उनले अब उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशव बडालले ७४ जिल्लामा डिभिजन सहकारी कार्यालय स्थापना हुनुपर्ने, १४ अञ्चलमा सहकारी प्रशिक्षण केन्द्र स्थापना हुनुपर्ने माग गर्दै सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालनमा आएका कुनै सहकारीमा समस्या नभएको स्पष्ट पारे।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सहकारी संस्था उत्पादनमा जोड दिनुको विकल्प नभएको बताए । सहकारीको माध्यमबाट कृषिको व्यवसायिकीकरण गर्ने पर्ने उनको भनाई थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले केन्द्रिय बैंक सहकारीको संरक्षक र अभिभावक नभएको बताए । सहकारीका लागि बैंकले सक्दो सहयोग गर्ने बताउदै गभर्नर खतिवडाले बैंक अनाथलय हुन नसक्ने बताए । नेफ्स्कूनले थालेको जोखिम रहित सुरक्षामा सहयोग गर्ने समेत प्रतिक्रिया दिए ।

अभिलेख

लोकप्रिय