भारतको ६८ औँ स्वतन्त्रता दिवस आज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई बधाई
काठमाडौं, ३० साउन । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले भारतको ६८ औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गरेका छन् ।
सन्देशमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा उनले दुई देशबीच रहिआएको वषौं पुरानो सम्बन्ध आउँदा वर्षमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । त्यस्र्त प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षी मोदीलाई शुभकामना सन्देश पठाउँदै भारत सरकार र त्यहाँका जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई बिहिबार पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले मोदीको यसै महिना भएको नेपाल भ्रमणको स्मरण गर्दै त्यसले द्विपक्षीय मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताएका छन् । प्रधानमन्त्री मोदीको कार्यकालमा शताब्दीयौँ पुरानो नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि प्रधानमन्त्री कोइरालाले व्यक्त गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
