२० कात्तिक २०८३, शुक्रबार

भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई एम्बुलेन्स, बस उपहार

२०७१ साउन ३०, शुक्रबार
भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई एम्बुलेन्स, बस उपहार

काठमाडौं, ३०, साउन । भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारद्वारा नेपालका १९ जिल्लाहरुका विभिन्न अस्पतालहरु, परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई २० वटा एम्बुलेन्सहरु र ४ वटा बसहरु उपहार स्वरुप प्रदान गरिएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा आज (शुत्रबार) राजदूतावास परिसरमा आयोजित सार्वजनिक कार्यक्रममा भारतका राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले १४ अगष्टमा राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए । उक्त सन्देशमा अन्य कुराहरुको अतिरिक्त शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिइएको थियो ।bharatiya1
राजदूतले १८ जिल्लाका उपहार प्राप्त गर्ने संस्थाहरुलाई १९ वटा एम्बुलेन्सहरु र ४ बसहरु उपहार स्वरुप प्रदान गरे । बाँकी १ एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले वीरगञ्ज महावाणिज्यदूतावासको क्षेत्र अन्तर्गत पर्ने संस्थाहरुलाई उपहार स्वरुप प्रदान गरेका थिए । समारोहमा राजदूतले नेपालका केही दुर्गम जिल्लाहरु लगायत विभिन्न स्थानमा रहेका ७५ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरे ।bharatiya2
भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लाहरुमा अवस्थित विभिन्न संस्थाहरुलाई ४ सय ४२ वटा एम्बुलेन्सहरु प्रदान गरिसकेको छ । यसले स्वास्थ्य सेवाको पहँुच भन्दा टाढा रहेका हजारौं मानिसलाई उनीहरुको घरदैलोसम्म स्वास्थ्य सेवा पुर्याउन सहयोग पुगेको जनाएको छ । भारतले नेपालका २४ जिल्लाहरुमा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाहरुका हजारौं विद्यार्थीहरुको विद्यालयमा सहज पहुँचको लागि ८६ वटा बसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय