२० कात्तिक २०८३, शुक्रबार

‘ऐन परिमार्जन र नीति कार्यान्वयन पहिलो प्राथमिकता’

२०७१ साउन ३०, शुक्रबार
‘ऐन परिमार्जन र नीति कार्यान्वयन पहिलो प्राथमिकता’

काठमाडौं, ३० साउन । राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुले सहकारी सहकारी ऐन परिमार्जन गरी समय सान्दर्भिक बनाउने र सहकारी नीतिलाई कार्यान्वयन गर्न सशक्त रुपमा पहल गर्ने प्रमुख कार्य रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै उनीहरुले सहकारीमा देखिएका समस्या समाधानका लागि नयाँ नेतृत्वले उच्च प्राथमिकता दिएर अघि वढ्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष केशव वडालले म भन्दा पनि हामी भन्ने नीतिका साथ काम गर्न आफू प्रतिवद्ध रहेको बताउँदै आफ्नो नेतृत्वमा निर्वाचित कार्यसमितिले देखिएका समस्याहरुलाई मनन् गरेर सहकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्षम रहेको दाबी गरे । संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले बचत तथा ऋण सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

त्यस्तै संघका महिला उपाध्यक्ष ओमदेवी मल्लले मन्त्रीपरिषद्बाट पारीत भएको नीति कार्यान्वयनमा नआउनु दुखद भएको बताईन । आफूले सहकारी ऐन परिमार्जन र नीति कार्यान्वयका लागि सहकारी अभियान र सदनमा समेत सशक्त रुपमा आवाज उठाउने धारणा व्यक्त गरिन् । त्यस्तै संघका संचालक दक्ष पौडेलले संघलाई व्यवसायिक बनाएर सहकारी संघ संस्थाको प्रवद्र्धनमा समय खर्चिने आवश्यक रहेको बताए । अर्का संचालक रविन्द्र केसीले संघको नेतृत्व गम्भिर चुनौतिको माझमा उभिएकाले अहिलेको समस्यालाई हल गर्दै उत्पादनमुलक क्षेत्रको विकासमा सहकारीलाई लाग्न प्रेरीत गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका संचालक चन्द्र ढकाल, खेमबहादुर पाठक, सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेती लगायतले आफ्नो धारणा राखेका थिए ।

अभिलेख

लोकप्रिय