२० कात्तिक २०८३, शुक्रबार

वित्तिय सहकारी छाडा भएः सचिव श्रेष्ठ

२०७१ साउन २९, बिहिबार
वित्तिय सहकारी छाडा भएः सचिव श्रेष्ठ

काठमाडौं,२९ साउन । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारीको सुधारमा ढिलाई गरे सहकारीमा ठूलो दुर्घटना निम्तन सक्ने बताएका छन् । सहकारी विभागले आयोजना गरेको समिक्षा गोष्ठिमा बल्दै उनले आवश्यक कानुन नभएकाले वित्तिय कारोबार गर्ने सहकारी छाडा भएको बताए । बचत तथा ऋण सहकारीमा समस्यारहेको बताउँदै सचिव श्रेष्ठले अब भन्ने कानुनले सहकारीको समस्या सम्बोधन गर्ने बताए ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले १ सय ३० वटा संस्थाको समस्या समाधान गर्न सहकारी ऐन संशोधन गर्न लागिएको सचिव श्रेष्ठले जानकारी दिए।  सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौडेलले सहकारीको विकासका लागि कुनै कसरबाँकी नराख्ने  दाबी गरे।  राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको विकासका लागि राज्यले ध्यान दिन नसकेको बताए।

अभिलेख

लोकप्रिय