२० कात्तिक २०८३, शुक्रबार

रुपन्देहीका २४ सहकारी कारबाहीमा

२०७१ साउन २७, मङ्गलबार
रुपन्देहीका  २४ सहकारी कारबाहीमा

रुपन्देही, २७ साउन । सहकारी डिभिजन कार्यालय रुपन्देहीले जिल्लामा सञ्चालित सहकारीको अनुगमन तथा खारेजीमा तीव्रता दिएको छ ।
निरीक्षणका क्रममा गलत भेटिएका २४ सहकारीको दर्तासमेत खारेज गरेको सो कार्यालयले जनाएको छ । दर्ता खारेजीमा पर्नेमा मुख्यतया वार्षिक प्रतिवेदन नबुझाउने, साधरणसभा नगर्ने र दुई वर्षसम्म निष्क्रिय रहेका सहकारी रहेका छन् ।
आर्थिक वर्ष ०६९÷७० मा समेत डिभिजन सहकारी कार्यालयले ६८ वटा सहकारी खारेज गरेको थियो । रुपन्देहीमा अहिले चालु अवस्थामा ६४९ सहकारी रहेका छन् ।

अभिलेख

लोकप्रिय