२० कात्तिक २०८३, शुक्रबार

सिद्धान्त विपरीत कार्य गर्ने सहकारीलाई कारबाही

२०७१ साउन २६, सोमबार
सिद्धान्त विपरीत कार्य गर्ने सहकारीलाई कारबाही

कास्की, २४ साउन।  सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीका सिद्धान्तविपरीत कार्य गर्ने सहकारीलाई कारबाही गरिने बताएका छन् । कतिपय सहकारीले सिद्धान्तविपरीत  लाभांश कमाउन आफ्नो क्षेत्राधिकार नाघेर लगानी गरेको पाइएमा कारबाही गरिने उहाँको चेतावनी थियो  उहाँले सहकारीलाई अगाडि बढाउनको लागि शेयर सदस्यहरूको प्रत्यक्ष निगरानी हुनुपर्ने बताए।
डेभिजफल बचत तथा ऋण सहकारी संस्थाको हालै तेस्रो वाषिर्क साधारणसभा उनले‘संस्थालाई आर्थिक क्रियाकलापमा अगाडि बढाउनको लागि लेखा समितिको महत्त्वपूर्ण भूमिका रहने भएपनि  अधिकांश सहकारीमा लेखा समितिको भूमिका गौण हुने गरेको बताए। लेखा समितिको भूमिका कमजोर हुने संस्थाको कारोबार पारदर्शी नहुने उहाँले बताए ।
पाँच सय तीन जना शेयर सदस्य रहेको उक्त संस्थाको आर्थिक वर्ष ०७१÷०७१ मा पूँजी ८२ लाख ३८ हजार नौ सय रहेको छ भने कुल कर्जा लगानीतर्फ चार करोड ४७ लाख ८२ हजारमध्ये हालसम्म लगानीमा बाँकी दुर्इ करोड ७७ लाख ३९ हजार आठ सय ५२ रहेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय