राष्ट्रिय सहकारी संघका चुनौती
-डिल्ली सापकोटा
राष्ट्रिय सहकारी संघको साधारणसभाले नेतृत्व चयन गरेको छ । विगतमा जस्तै यो पटक पनि ठूला मानिने तिन राजनितिक दल बिच भागबण्डामा संघ नेतृत्व चयन हुन पुग्यो । सञ्चालकमा केही नयाँ अनुहारले स्थान पाए पनि स्टेरिङ पुरानै ड्राइभरले समाउन सफल भए ।
सहकारीका मुद्दा एउटै भए पनि संघमा दलगत राजनीतिक विभाजन पनि बढेको देखियो। निर्वाचनका क्रममा दलगत सहयोग, समर्थन र संलग्नता स्वाभाविकै मान्न पनि सकिएला तर अागामी दिनमा यसको तुस मेटिएन भने संघ क्रमशः विभाजनतर्फ उन्मुख हुनसक्छ। सम्भवतः नवनिर्वाचित कार्यसमितिका सामु सबैभन्दा ठूलो चुनौती संघलाई दलगत राजनीतिबाट जोगाउनु नै हो। नत्र, संघको अस्तित्व कायम रहे पनि औचित्य समाप्त हुनेछ।
यो पटकको संघमा चयन हुने नेतृत्वबाट धेरै कुरामा परिर्वतन आउने सबैको अपेक्ष थियो । खास गरि अहिलेको जल्दो बल्दो सहकारीको समस्या समाधन गर्न संघको नेतृत्व नयाँ अनुहारलाई सुम्पनु पर्ने आवज बुलन्द भएको थियो । आम सहकारीमा जुन संकट उत्पन्न भएको छ । यो समस्या समाधान हुनेमा सहकारीकर्मीहरुले झिनो आशा मात्र लिएका छन् । हिजो संघबाट सहकारी अभियानले जुन अपेक्ष गरेको थियो ति गरिएका अपेक्षा पूरा भएनन् ।
अहिले पनि उहि पुरानै नेतृत्वका कारणले समस्याको समाधानका लागि केही काम होला भन्ने आधार अहिलेको नेतृत्वले दिन सकेन यो पटकको निर्वाचनमा । यी सबैका कारणले पनि आमसहकारीकर्मी बिच संघको साख निकै खस्केको छ। यो विश्वसनीयता पुनः कायम गर्नु संघका सामुको अर्को प्रमुख चुनौती देखिन्छ।
संघलाई यसका पदाधिकारीले निजी स्वार्थ पूरा गर्न र प्रभाव विस्तारका लागि भर्याङ बनाउने अनि पार्टीमा ठाउ सुरक्षित गर्नका लागि लागि संघका मात्र प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्नु नवनिर्वाचित पदाधिकारीका सामु विद्यमान अर्को चुनौती हो। यसै पटक पनि राजनीतिक दलका नेताहरू चुनावमा प्रत्यक्षरूपमै सलग्न भएको देखियो।
व्यक्तिगतरूपमा कुनै सहकारीकर्मीले पार्टी वा नेता विशेषलाई सहयोग गर्दा अरूले टाउको दुखाउनु नपर्ला तर त्यसमा संस्थागत संलग्नता देखियो भने संघ विवादमा मुछिनेछ। यसैले संघमा निर्वाचित भएका सञ्चालकहरुले दलगत राजनीतिमा संलग्न हुनबाट जोगाउनु संघका निम्ति चुनौती हुनेछ। अहिलेसम्म सहकारी आन्दोलनका अगुवाहरु राजनीतिक दलका नेताहरूको खातिरदारीमै बढी रमाएको जो देखिएको छ।
यो संघ अझै पनि सहकारीको साझा संस्था बन्न सकेको देखिएको छैन। विगतमा संघका पदाधिकारीहरूको क्रियाकलाप र व्यक्तिगत स्वार्थका लागि संघको प्रयोग गरेर सहकारीका सझा समस्यालाई समस्यानै होइन भन्ने नेतृत्वले पुनः जिम्मेवारी पाएको छ । तर अब हिजो जुन हिसाबले ति पिडितहरुसंग व्यवहार भएको थियो त्यो समूहलाई न्याय दिन र संघ सहकारीमा शुद्धता ल्याउनको साथै सहकारीमा देखिएको समस्या निर्मुल पार्न कस्तो भुमिका खेल्छ भन्ने नै हो । वा दलगत स्वार्थमा लागेर पार्टीमा आफ्नो सिट सुरक्षित राखेर भाग मात्र खोज्ने मात्रै खोजेर बस्छ नयाँ कार्यसमितिका लागि निकै कठिन कार्य हो ।
हिजो यहि नेतृत्वले जुन नैतिकता त्याग गरेको छ । फेरि त्यो गल्ती नदोहोरियोस र विगतमा संघको नेतृत्वले पिडितहरुको घाउमा नुन चुक छर्ने जुन व्यवहार गरेको थियो त्यसको अपेक्षा सहकारीकर्मीहरुले गरेका छैनन् ।
संघले अहिले देखिएको समस्या समाधानका लागि नयाँ आयाम भित्र्याउन सके मात्र सहकारीबाट मुलको आर्थिक विकासमा त्यसको दुरगामी र प्रभावकारी छाप पार्न सफल हुन्छ ।
निश्चय पनि अहिलेको नेतृत्वले जस्तो सुकै मिठा योजना ल्याए पनि काम हुन्छ नै भन्ने बिश्वास दिलाउन र त्यही अनुसार व्यवहार गरेर काम चलाउन सजिलो छैन। तर, केही नयाँ आएका अनुहारलाई अगाडी बढाएर काम गर्ने अठोट गर्ने र जस्केलाको बाटो नरोज्ने हो भने असम्भव पनि नहोला । हिजो परिक्षण भै सकेको नेतृत्वलाई यस्तो अभ्यास ठूलो उपलब्धि हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार