राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल विजयी
काठमाडौं । राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल पुन निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा मीनराज कँडेल विजयी भएका छन् । अन्य ११ पदमा निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्षमा ओमदेवी मल्लसहित केन्द्रिय संघबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै निर्विरोध हुनेमा केन्द्रिय संघहरुबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी पदम दाहाल निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् । महिला समूहबाट संचालकमा प्रभा कोइराला र टिका बुढाथोकी निर्विरोध भएका छन् । लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित भएका छन् । भने सदस्यहरुमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ निर्विरोध भएका छन् ।
कस्को मतपरिणाम कस्तो
अध्यक्ष – केशवप्रसाद बडाल २२२ (विजयी)
अध्यक्ष- हिरामणी पौडेल ६१
वरिष्ठ उपाध्यक्ष – विजयराज घिमिरे ९७
वरिष्ठ उपाध्यक्ष – मीनराज कँडेल १८३ (विजयी)
सञ्चालक (खुला) – बद्रीप्रसाद लम्साल २१४(विजयी)
सञ्चालक (खुला) – ध्रुवनारायण यादव १००
सञ्चालक (खुला)- शिवप्रसाद कट्टेल १०९
सञ्चालक (खुला)- खेमबहादुर पाठक २१८ (विजयी)
सञ्चालक (खुला)- दक्ष पौडेल २२९ (विजयी)
सञ्चालक (खुला) – चन्द्रप्रसाद ढकाल २४२ (विजयी)
सञ्चालक (खुला) – रामचन्द्रसिंह कुशवाह २०६ (विजयी)
सञ्चालक (खुला) -रविन्द्र के.सी. १७० (विजयी)
सञ्चालक (पूर्वाञ्चल) -हरिशंकर परियार ७३
सञ्चालक (पूर्वाञ्चल) शिव डाँगी १८४ (विजयी)
सञ्चालक (मध्यमाञ्चल) माधव दुलाल २१० (विजयी)
सञ्चालक (मध्यमाञ्चल) राधेश्याम सुवाल ३७
लेखा समिति सयोजक
धर्मदत्त देवकोटा १९६ (विजयी)
लेखा समिति सयोजक- शेषुराम भण्डारी ६९
तस्विर- माधव तिमिल्सिनाको फेसबुकबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
