२० कात्तिक २०८३, शुक्रबार

महिला उपाध्यक्षमा ओमदेवी मल्ल सहित ११ जना निर्विरोध, अन्यको चुनाव हुँदै

२०७१ साउन २३, शुक्रबार
महिला उपाध्यक्षमा ओमदेवी मल्ल सहित ११ जना निर्विरोध, अन्यको चुनाव हुँदै

 

surendra bhandari1

सुरेन्द्र भण्डारी

ललितपुर, २३ साउन । राष्ट्रिय सहकारी संघको महिला उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध भएका छन् । मल्ल खुल्लाबाट काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघबाट प्रतिनिधि थिइन । महिला उपाध्यक्षमा उमा दाहाले फिर्ता लिएपछि मल्ल निर्विरोध भएकी हुन् ।

त्यस्तै निर्विरोध हुनेमा केन्द्रिय संघहरुबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् ।

महिला समूहबाट संचालकमा प्रभा कोइराला र  टिका बुढाथोकी निर्विरोध भएका छन् ।
संचालकमा पदम दाहाल थप भएका छन् भने लेखा समितिका सदस्यमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ  निर्विरोध भएका छन् ।


रमेश पोखरेल, केन्द्रिय संघबाट निर्विरोध

रमेश पोखरेल, केन्द्रिय संघबाट निर्विरोध

अभिलेख

लोकप्रिय