२० कात्तिक २०८३, शुक्रबार

साढे ४१ लाख पेश्की उठ्न बाँकी, ब्याज सहित उठाउन सहकारीकर्मीको माग

२०७१ साउन २२, बिहिबार
साढे ४१ लाख पेश्की उठ्न बाँकी, ब्याज सहित उठाउन सहकारीकर्मीको माग

कस कसले लगेका छन्, पेश्की ?

काठमाडौं, २२ साउन । राष्ट्रिय सहकारी संघबाट विभिन्न संचालक, सदस्यहरुले लगेको पेश्की तथा लिनुपर्ने रकम ४१ लाख ३६ हजार ७ सय ८९ रुपैंया १५ पैसा रहेको छ ।

पेश्की रकम लगेको लामो समय सम्म पनि भुक्तानी संघको साधारणसभामा मुख्य विषय बनेको छ । २०७० अषाढ मसान्त सम्ममा ४८ लाख ७० हजार २ सय ४९ रुपैंया ५ पैसा पेश्की रकम उठ्न बाँकी रहेको थियो । साधारणसभामा बोल्ने व्यक्तिहरुको पेश्की रकम उठ्न नसक्नुको कारण माग गरेको छ ।

लगेको पेश्की रकम व्याज सहित उठाउनु पर्नेमा जोड दिएका छन् । संचालकले लगेको पेश्की रकम लामो समय सम्म नउठ्नुले विभिन्न प्रश्न उठाएको छ ।

अभिलेख

लोकप्रिय