‘बिपीको आर्थिक सोच र यसको सान्दर्भिकता’ बारे अन्तक्र्रिया
काठमाडौँ, २२ साउन । बिपी कोइरालाले अगाडि बढाउनुभएको आर्थिक समानताको सोच वर्तमान अवस्थामा पनि उत्तिकै महत्वपूर्ण भएकाले त्यसलाई व्यवस्थितरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । बिपी कोइरालाको सतवार्षिकीका अवसरमा शैलजा आचार्य फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘बीपीको आर्थिक सोच र यसको सान्दर्भिकता’ विषयक अन्तक्र्रियाका सहभागिले समृद्धि र आर्थिक समानतालाई सँगै अघि बढाउनुपर्ने बिपीको सोच वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताएका थिए ।
फाउन्डेसनका अध्यक्ष एवम् सभासद् अम्बिका बस्नेतले राजनीतिक अन्योलताका कारण बिपीको सोचलाई जनतासमक्ष पुर्याउन नसकिएको उल्लेख गर्दै बिपीको आर्थिक सोचलाई कार्यान्वयनमा ल्याउनका लागि देशका आर्थिक नेतृत्व लिनेहरुले विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
फाउन्डेसनका महासचिव एवम् सभासद् डिना उपाध्याय र कार्यसमिति सदस्य एवम् सभासद् लक्ष्मी राईले दूरदृष्टि भएका समाजवादी नेता बिपीले अघि बढाएको आर्थिक सोचलाई काँग्रेसका कार्यकर्ताका साथै जनतासम्म पुर्याउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरन्जिबी नेपालले बिपीको आर्थिक सोचका बारेमा ब्याख्या गर्दै बिपीले श्रम शक्ति परिचालन, साना उद्योगका प्रवद्र्धन, आर्थिक विकासको साधन जमिन र श्रम, गाउँमुखी विकेन्द्रिकृत श्रमप्रदान विकास रणनीति र कृषि उत्पादनमा वृद्धि र कृषि उद्यमको विकास गरी रोजगारी सिर्जना गर्ने आर्थिक नीतिलाई जनतासमक्ष पुर्याउन नसकिएको उल्लेख गर्नुभयो ।
बिपीले प्रजातन्त्र र आर्थिक विकास एकअर्काका पूरक भएको बताउँदै आएको उल्लेख गर्दै डा नेपालले जनसहभागिता र स्थानीय प्रविधिलाई विशेष प्राथमिकता दिनुपर्नेमा बिपीले जोड दिनुभएको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
