२० कात्तिक २०८३, शुक्रबार

सहमतीमा सहकारी संघको नेतृत्व चयन, एमाले ७, कांग्रेस ७ र एमाओवादी ५ को प्रतिनिधित्व

२०७१ साउन २२, बिहिबार
सहमतीमा सहकारी संघको नेतृत्व चयन, एमाले ७, कांग्रेस ७ र एमाओवादी ५ को प्रतिनिधित्व

काठमाडौं, २२ साउन । राष्ट्रिय सहकारी संघको २२ औं साधारणसभाले सहमतीका आधारमा नेतृत्व चयन गर्ने भएको छ ।

विगतका जस्तै यस पटक पनि राजनीतिक भागवण्डाको आधारमा नेतृत्व चयन गर्न लागिएको हो । सहमती अनुसार एमाले ७, कांग्रेस ७ र एमाओवादी ५ प्रतिनिधि संघको संचालन हुने भएका छन् । समती अनुसार अध्यक्षमा केशवप्रसाद वडाल, वरिष्ठ उपाध्यक्षमा मिनराज कडेंल सहित एमाले तर्फबाट ७ जनाले प्रतिनिधित्व गर्दैछ ।

त्यस्तै महिला उपाध्यक्षमा ओमदेवी मल्ल जोशी सहीत कांग्रेसको ७ जना र लेखा समिति संयोजकमा धर्मदत्त देवकोटा सहित एमाओवादीको ५ जनाले प्रतिनिधित्व गर्ने मोटामोटी सहमती भएको छ । भोली सम्मका लागि उम्मेदवारी मनोनयन दर्ता सारिएकाले भोलीनै सम्पूर्ण जानकारी आउने प्रतिनिधि कृष्ण पौडेलले बताए ।

‘केही व्यक्तिले सदस्यका लागि उम्मेदवारी पनि दिन सक्छन्’ उनले भने– ‘अहिले मोटामोटी सहमती बनेको हो, तर भोली के हुन्छ अहिलेनै भन्न सकिने अवस्था छैन ।’ फाईल फोटो

अभिलेख

लोकप्रिय