२० कात्तिक २०८३, शुक्रबार

लगानी बढाउन लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण– गभर्नर

२०७१ साउन २१, बुधबार
लगानी बढाउन लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण– गभर्नर

कार्यक्रमकै अवसरमा लेखापरीक्षक सभासदहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा अडान काठमाण्डौंले प्रकाशन गरेको अर्थमालाको विमोचनसमेत गरिएको थियो । अडान डेको अवसरमा नै उपत्यका समितिले आयोजना गरेको रक्तदानमा ५१ जनाले रक्तदान गरेका थिए । मंगलबारै मुलुकभर विभिन्न जिल्लाहरुमा रचनात्मक क्रियाकलापसहित अडानको नवौं स्थापना दिवस मनाइएको छ । अडानले एक व्यक्ति एक पेशाको नीति केही समय पर सार्न, लेखापरीक्षण रकमसीमा समयसापेक्ष वृद्धि गर्न र योग्यतम र क्षमतावान लेखापरीक्षकहरुलाई सिए शिक्षामा सहज प्रवेशको अवसर सिर्जना गर्ने लगायतका मांगहरु प्रस्तुत गरिरहेको छ ।
स्थानीय निकायहरुको लेखापरीक्षण स्वतन्त्र लेखापरीक्षकहरुबाट गराउने स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ६९ र १३५ लाई संशोधन गर्ने प्रयास भइरहेको उपाध्यक्ष कृष्ण पौडेलले बताए । स्थानीय निकायको स्वायत्तताप्रति प्रश्न खडा गर्ने र लेखापरीक्षकहरुको प्राप्त संरक्षित अधिकार खोस्ने यो खालको प्रयत्नको अडान घोर भत्र्सना रहेको उनले बताए । संशोधन रोक्न निर्णायक भूमिका खेल्नुहुने माननीय सभासदज्यूहरुको योगदानको सम्मान गर्दै यो खालको संशोधन नगर्न र विद्यमान व्यवस्था नै कायम राख्नका लागि व्यवस्थापिका संसद र नेपाल सरकारसंग अडानले मांग गरेको छ ।
अडानले आफना सम्पूर्ण सदस्यहरुलाई पेशागत आचरण र चरित्रलाई पालना गर्न आग्रह गर्दै आचारसंहिता लागु गर्ने तयारी गरिरहेको छ । आठ वर्षअघि स्थापना भएको अडानले मुलुकभरका करीव सात हजार दुई सय सदस्यहरुको साझा संस्थाको रुपमा स्थापित छ र ६५ जिल्लामा संगठन र प्रभाव विस्तार गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले मुलुकमा उद्योग व्यवसायमा लगानी बढाउनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

मंगलबार नेपाल अडिटर्स एशोसिएशन (अडान) को नवौं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नरले लेखापरीक्षकहरुले प्रमाणीकरण गर्ने प्रतिवेदनमा सबैको आशा र विश्वास स्थापित हुने भएकोले लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्ने बताए । ‘लेखापरीक्षकहरुको संख्या र आय बढदै गएको तर अर्थतन्त्र खस्कदै गएको अवस्था छ ।’ उनले भने– ‘अन्तरराष्ट्रिय गुणस्तरको प्रतिवेदन दिने र अर्थतन्त्रको समृद्धिको लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेको छ ।’ खतिवडाले लेखापरीक्षण पेशामा नियामक र सञ्चालकहरु एकै ठांऊमा आएर काम गर्न सक्ने राम्रँे अभ्यास रहेको बताउदै पेशाको मर्यादा र अनुशासन कायम गर्न आग्रह गरे । लेखापरीक्षणलाई सूचना तथा प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता रहेको औल्याउदै खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको शाखा लेखापरीक्षण नमूना अभ्यासका आधारमा लागु गर्न प्रयास गरिने बताए ।

अभिलेख

लोकप्रिय