२० कात्तिक २०८३, शुक्रबार

सात सहकारीको दर्ता खारेजी

२०७१ साउन २०, मङ्गलबार
सात सहकारीको दर्ता खारेजी

तनहुँ, २० साउन । डिभिजन सहकारी कार्यालय तनहुँले सहकारीको मापदण्डविपरीत रहेका सात सहकारी संस्थाको दर्ता खारेज गरेको छ । गोरखा, लमजुङ, मनाङ र तनहुँ गरी चार जिल्लाका सहकारी संस्थाको क्षेत्रमा काम गर्दै आएको उक्त डिभिजन कार्यालयले चार जिल्लाका सहकारीमध्ये गोरखा जिल्लाका सात सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
खारेजी हुनेमा गोरखाको पालुङटार–७ स्थित साना किसान सहकारी संस्था, भृकुटी बचत तथा ऋण र सोही गाविसको वडा नं ९ स्थित जनकल्याण सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पृथ्वीनारायण नगरपालिका–११ स्थित भीमसेन बहुउद्देश्यीय सहकारी संस्था र मिरकोट–८ स्थित गाम्रीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दुभङ–९ रत्नेश्वर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रहेको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक राममणि ढुङ्गानाले बताए ।
नियमित रूपमा कार्यालय सञ्चालन गर्न नसक्नु, वार्षिक लेखा परीक्षण नहुनु तथा साधारणसभासमेत नगरेका र निष्क्रिय अवस्थामा रहेका उक्त सहकारी संस्थाको दर्ता खारेज गरिएको सहकारी निरीक्षक राममणि ढुङ्गानाले जनाए ।

अभिलेख

लोकप्रिय