अझै खुल्न सकेन गोदावरी भिलेज रिसोर्ट
ललितपुर, २० साउन । विभिन्न माग राखी कर्मचारीहरू आन्दोलनमा उत्रिएका कारण करिब डेढ महिनादेखि गोदावरी भिलेज रिसोर्ट खुल्न सकेको छैन ।
कर्मचारीहरूले श्रम ऐनअनुसार उपदानको व्यवस्था गरिनुपर्ने र हालको महँगीलाई सम्बोधन गर्ने गरी तलबभत्तामा २५ प्रतिशतले वृद्धि गर्नुपर्नेलगायतका माग राखी आन्दोलन गर्दै आएको आन्दोलनरत कर्मचारी अच्यूत केसीले बताउनुभयो । कर्मचारीले किरिया खर्च र सुत्केरी खर्चको व्यवस्था हुनुपर्ने मागसमेत गरेका छन् ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर सङ्घ गोदावरी भिलेज रिसोर्टका एकाइ अध्यक्ष जीवन लुइँटेलले आन्दोलन गरेको ४२ दिन पुगिसक्दा पनि सम्बन्धित निकायले बेवास्था गरेकाले रिसोर्ट खुल्न नसकेको बताउनुभयो ।
व्यवस्थापनले गत साउन १२ गतेदेखि ढोकामा ताला लगाएपछि आन्दोलनरत कर्मचारी ढोका बाहिर बसेर आन्दोलन गरिहेका छन् । हाल सो रिसोर्टमा करिब १६० जना कर्मचारी कार्यरत रहेका रसबै कर्मचारी आन्दोलनमा उत्रेकाले रिसोर्टमा घुम्न बस्न आउने दैनिक १०० भन्दा बढी सेवाग्राही मर्कामा परेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
