भारतीय प्रधानमन्त्री मोदीसँग उद्योगी व्यवसायीको भेट
काठमाडौँ, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले आज भेट गरेका छन् ।
महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यात र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित विनोद चौधरी, भवानी राणा, पद्म ज्योति, उपेन्द्र महतो, सुरज वैद्यलगायतका नेपालका प्रतिष्ठित उद्योगी तथा व्यापारीले उहाँसँग करिब १५ मिनेट भेट गर्नुभएको थियो ।
हिजो व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधन र भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले दिनुभएको रात्रि भोजमा प्रधानमन्त्री मोदीले दिनुभएको मन्तव्यले नेपालको निजी क्षेत्र अत्यन्त उत्साहित भएको भेटपछि सञ्चारकर्मीलाई महासङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो ।
आर्थिक समृद्धिका लागि नयाँ ढोका खुला भएको उल्लेख गर्दै उहाँले अब मुलुकमा थप लगानी भित्रिने विश्वास लिइएको बताउनुभयो । जलस्रोतको उपयोगका निम्ति भारतीय प्रधानमन्त्री मोदीले अघि सार्नुभएको भावी योजनालाई कार्यान्वयन ल्याउन महासङ्घले आफ्नो तर्फबाट आजैदेखि काम थाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल–भारतबीचको व्यापार घाटालाई न्यून गर्न मोदीको भ्रमण फलदायी एवम् उपलब्धिमूलक भएको अध्यक्ष पाण्डेको प्रतिक्रिया थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
