धनुषाका नौ सहकारी संस्थाको दर्ता खारेज
जनकपुर, १९ साउन । डिभिजन सहकारी कार्यालय धनुषाले निष्क्रिय तथा कारोबार नगरेका धनुषा र महोत्तरी जिल्लाका नौ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा खारेज भएका सहकारीमा धनुषा जिल्लाका कजरा रमौल–७ स्थित महादेव कृषि सहकारी संस्था लिमिटेड, सवैला–८ स्थित ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा जनकपुर–१० स्थित चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
यसैगरी, सोही आर्थिक वर्षमा महोत्तरी जिल्लामा खारेज भएका सहकारी संस्थाहरूमा हाथिलेडस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धिरापुर–५ स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दूकरहिया–४ स्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा श्रीपुर–३ स्थित एकीकृत ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।
निष्कृत भई कारोबार नगरेका तथा खारेज भएका ती सहकारी संस्थासँग कारोबारसमेत नगर्न सहकारी सदस्यहरूलाई सचेत गराएको सहकारी निरीक्षक रामप्रित यादवले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारमा विकूको देउसीभैलो प्रतियोगिता, उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
