चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अझै सञ्चालन भएन
दार्चुला, १९ साउन । गत जेठ महिनादेखि ठप्प भएको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य दुई महिना बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन ।
निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप अफ पावर कम्पनी सिजिजिसीले सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै दुई महिना अगाडिदेखि अनिश्चितकालीन निर्माण कार्य ठप्प पारेको हो ।
निर्माण बन्द हुँदा कोरियन कम्पनीको इलेक्ट्रो मेकानिकल कार्यसमेत प्रभावित बनेको छ । चिनियाँ कम्पनी सिजिजिसीले करिब साढे चार किलोमिटर सुरुङ निर्माणलगायतको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ ।
करिब रु १३ अर्बको लागतमा निर्माण भइरहेको आयोजनाको सन् २००७ मा निर्माण कार्य सुरु भई डिसेम्बर २०११ सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विविध कारणले तोकिएको समयभित्र आयोजना सम्पन्न हुन नसक्दा पटकपटक म्याद थप हुँदै आइरहेको छ ।
पछिलो समय मार्च २०१५ सम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको छ । तर निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला चिनियाँ कम्पनीले गरेको बन्दले निर्धारित समयभित्र आयोजना सम्पन्न हुनेमा शङ्का उब्जाएको छ ।
उता आयोजना प्रमुख राजेन्द्र मानन्धरले चिनियाँ कम्पनीसँग वार्ता भइरहेको तथा मार्च २०१५ सम्म आयोजना सम्पन्न गर्ने गरी भएको सम्झौताअनुसार सिजिजिसीले निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभयो । ३० मेगावाट क्षमताको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना सुदूरपश्चिमकै पहिलो ठूलो जलविद्युत् आयोजना हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
