सहकारी आन्दोलनलाई सशक्त बनाए गरिबी घटाउन सकिन्छःबाँस्कोटा
काठमाडाै, १८ साउन । पूर्व मन्त्री एवम् सहकारी आन्दोलनका नेता दीपकप्रकाश बाँस्कोटाले नेपालको सहकारी आन्दोलनलाई सशक्त बनाउन सकिए गरिबी घटाउन सकिने बताउनुभएको छ । नेशनल कोअपरेटर्स एलाइन्स नेपाल काठमाडाँै क्षेत्र नं ३ ले अाईतबार जोरपाटीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको हो ।
एलाइन्सका केन्द्रीय अध्यक्षसमेत रहनुभएका बाँस्कोटाले बेरोजगारी समस्या समाधान गर्न पनि नेपालको सहकारी आन्दोलनलाई सशक्त बनाइनुपर्नेमा जोड दिनुभएको थियो । पूर्व सभासद् एवम् नेपाली काँग्रेस काठमाडाँै ३ का क्षेत्रीय सभापति चक्रबहादुर ठकुरीले सहकारी राष्ट्रको अभिन्न अङ्ग भएकाले यसलाई व्यापक बनाउनुपर्ने बताउनुभयो ।
एलाइन्स काठमाडौँ ३ नं क्षेत्रीय अध्यक्ष गोविन्दप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा एलाइन्सका केन्द्रीय सहअध्यक्ष भानुभक्त ढकाल, केन्द्रीय सचिव चन्द्र ढकाललगायतका वक्ताले नेपालमा सहकारी आन्दोलनबारे चर्चा गर्नुभएको थियो । आजै सम्पन्न एलाइन्सको भेलाले काफ्लेकै अध्यक्षतामा नौ सदस्यीय क्षेत्रीय समितिसमेत सर्वसम्मतरूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सनोज भट्टराई, सचिवमा राजु खनाल, सहसचिवमा अनमोल श्रेष्ठ, कोषाध्यक्षमा प्रेम बस्नेत, सदस्यहरूमा राजेन्द्रकुमार ढकाल, जयराम विष्ट, माधव ढुङ्गाना र सुदर्शन धिमाल पनि सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
