२० कात्तिक २०८३, शुक्रबार

तीन समझदारीपत्रमा हस्ताक्षर

२०७१ साउन १८, आईतवार
तीन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा तीन वटा सम्झौता भएको छ ।

नेपाल र भारतबीच गलगाँड नियन्त्रण कार्यक्रमको निरन्तरता, ऊर्जा र सञ्चारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । गलगाँड नियन्त्रण कार्यक्रमको निरन्तरतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलोगोले हस्ताक्षर गरे ।

ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र राजूदत रे तथा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाँई, दूरदर्शनका महानिर्देशक विजयाललक्ष्मी चोपडाले हस्ताक्षर गरे ।

दुई मुलुकबीच समाधान गर्न बाँकी रहेका सबै विषयलाई निरूपण गर्ने सहमति भएको र विवादरहित रूपमा आपसी सम्बन्धलाई अझ मजबुत पार्ने प्रतिवद्धता वार्तामा व्यक्त भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

गलगाँड नियन्त्रणका लागि यो वर्ष ६९ लाख देखि सहमती भएको छ ।

अभिलेख

लोकप्रिय