मोदीको दुई दिने नेपाल भ्रमणका समयमा कहाँ कहाँ छ सवारी निषेध ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका समयमा साउन १८ गते आईतबार र साउन १९ गते सोमबार दुई दिन राजधानीका निम्न स्थानमा सवारी साधन चलाउन नपाइने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
साउन १८ गते आइतार
१) बिहान १० बजे देखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग गर्न नपाइने।
२) दिउँसो सवा १ बजेदेखि पौने तीन बजेसम्म होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
३) दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजेसम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।
४) अपरान्ह साढे चार बजेदेखि साँझ साढे पाँच बजेसम्म नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने।
साउन १९ गते सोमबार
१) बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
२) बिहान पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु चल्न नपाइने।
३) अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहील, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
साथै महानगरिय ट्राफिक प्रहरी महाशाखाले उक्त माथि उल्लेखित रूट भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
