नेपालमा विस्तारै लगानीको वातावरण बन्दै गएको छःपर्यटनमन्त्री
काठमाडौँ, १६ साउन । पर्यटन मन्त्री भीम आचार्यले संविधानसभाको दोस्रो निर्वाचनपछि नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएको बताएका छन् । सूर्यकिरण श्रेष्ठले लेख्नु भएको पुस्तक ‘होटल व्यवस्थापन एक सरल जानकारी’ पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन ।
‘अहिले नेपालमा विस्तारै लगानीको वातावरण बन्दै गएको छ,’ उनले भने , ‘संविधानसभाको दोस्रो निर्वाचनपछि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत लगानीप्रति आकर्षित हुन थालेका छन् । उनले आगामी तीन वर्ष भित्रमा नेपालमा पाँच तारे होटलमा कम्तीमा १ हजार कोठा थपिने पनि जानकारी दिए । ‘व्यवस्थापन विषयको अध्ययन गरिरहेका विद्यार्थीका लागि त्यति बेला रोजगारीको समेत अवसर मिल्ने निश्चित छ,’ मन्त्री आचार्यले भने, ‘स्वदेशमै रोजगारी सिर्जनाका लागि सरकार लागि परेको छ । त्यसैगरी उनले व्यवस्थापनको ज्ञान भयो भने साना–साना होटलमा थोरै पूँजीको लगानी गरेर पनि करोडौँ कमाउन सकिने दाबी गरे ।
माइलस्टोन प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक चिया पसलदेखि अति विशिष्ट श्रेणीका होटल, होटल व्यवसाय सुरु गर्न चाहने हरेक व्यवसायी तथा होटल व्यवस्थापनका सबै तहका विद्यार्थीका लागि उपयोगि हुने लेखक श्रेष्ठले दाबी गरे । कार्यक्रममा माइलस्टोन कलेजका अध्यक्ष डा. विजय पौड्यालले पुस्तक नेपाली संस्कृति वुझाउँने पहिलो पुस्तक भएका दाबी गरे। उनले सामान्य बोलीचाली र सरसफाईको अभावमा होटल व्यवसाय फस्टाउन नसकेको भन्दै पुस्तकमा ती विषय पनि समावेश भएको बताए । ‘पुस्तक व्यवस्थापनका विद्यार्थीलाई मात्र होइन गृहिणीका लागि पनि त्यत्तिकै उपयोगी छ,’ उनले भने।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
