साना किसान कृषि सहकारी मनहर्वाको नाफा ३५लाख ५४हजार
पुष्पराज खतिवडा
बारा १६ साउन । बाराको मनहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आ. व. २०७०।०७१ मा ३५ लाख ५४ हजार मुनाफा गरेको छ । संस्थाले दुई गाविस मनहर्वा र उत्तरझिट्कैंयाका १ हजार ५सय २ जना शेयर सदस्यहरुसँग आठ करोड पन्ध्र लाखको कारोवार गरी उक्त मुनाफा आर्जन गरेको हो ।
संस्थाले कृषि र घरेलु व्यवसायमा १० करोड ६८ लाख ८४ हजार लगानी गरेको छ । समुहगत, ब्यक्तिगत, खुत्रुके, खुशी र पशुबिमाजस्ता लोकप्रिय बचत कार्यक्रम मार्फत संस्थामा ४करोड २८ लाख भन्दा बढी आन्तरीक स्रोत रकम परिचालनमा छ ।संस्थाले ग्रामिण क्षेत्रका विभिन्न जनजाती र समुदायका अति बिपन्न, दलित, पछाडी परेका महिलाहरुलाई समुहमा आवद्ध गराई उनिहरुकै ज्ञान सीपको माध्यमबाट क्षमता अभिवृद्धि गरी र आयआर्जनको काममा संलग्न गराई स्वरोजगारीका अवसरहरु सिर्जना गरिरहेको संस्थाका अध्यक्ष नयनकला खड्काले बताए।
संस्थाले सदस्यहरुको सामाजिक, सांस्कृतिक अधिकार स्थापित गर्ने कार्यमा समेत आफ्ना गतिविधि संचालन गरेको छ । संस्थाले साना किसान सदस्य परिवारका उत्कृष्ट विद्यार्थी, वृद्धवृद्धा तथा अपाङ्गहरुलाई सम्मान तथा आर्थिक सहयोग गर्ने, अकल्पनीय दुर्घटनामा परेका सदस्य परिवारमा नगद तथा जिन्सी राहत वितरण गर्ने र सुत्केरी महिलाई पौष्टिक आहार खर्च प्रदान गर्ने जस्ता कार्यहरुबाट समाजिक जिम्मेवारी निर्वाह गर्ने गरेको पाइन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारमा विकूको देउसीभैलो प्रतियोगिता, उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
