२० कात्तिक २०८३, शुक्रबार

साना किसान कृषि सहकारी मनहर्वाको नाफा ३५लाख ५४हजार

२०७१ साउन १६, शुक्रबार
साना किसान कृषि सहकारी मनहर्वाको नाफा ३५लाख ५४हजार

पुष्पराज खतिवडा 

बारा १६ साउन ।  बाराको मनहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आ. व. २०७०।०७१ मा ३५ लाख ५४ हजार मुनाफा गरेको छ । संस्थाले दुई गाविस मनहर्वा र उत्तरझिट्कैंयाका  १ हजार ५सय २ जना शेयर सदस्यहरुसँग आठ करोड पन्ध्र लाखको कारोवार गरी उक्त मुनाफा आर्जन गरेको हो  ।

संस्थाले कृषि र घरेलु व्यवसायमा १० करोड ६८ लाख ८४ हजार लगानी गरेको छ । समुहगत, ब्यक्तिगत, खुत्रुके, खुशी र पशुबिमाजस्ता लोकप्रिय बचत कार्यक्रम मार्फत संस्थामा ४करोड २८ लाख भन्दा बढी आन्तरीक स्रोत रकम परिचालनमा छ ।संस्थाले ग्रामिण क्षेत्रका विभिन्न जनजाती र समुदायका अति बिपन्न, दलित, पछाडी परेका महिलाहरुलाई समुहमा आवद्ध गराई उनिहरुकै ज्ञान सीपको माध्यमबाट क्षमता अभिवृद्धि गरी र आयआर्जनको काममा संलग्न गराई स्वरोजगारीका अवसरहरु सिर्जना गरिरहेको संस्थाका अध्यक्ष नयनकला खड्काले बताए।

संस्थाले सदस्यहरुको सामाजिक, सांस्कृतिक अधिकार स्थापित गर्ने कार्यमा समेत आफ्ना गतिविधि संचालन गरेको छ । संस्थाले साना किसान सदस्य परिवारका उत्कृष्ट विद्यार्थी, वृद्धवृद्धा तथा अपाङ्गहरुलाई सम्मान तथा आर्थिक सहयोग गर्ने, अकल्पनीय दुर्घटनामा परेका सदस्य परिवारमा नगद तथा जिन्सी राहत वितरण गर्ने र सुत्केरी महिलाई पौष्टिक आहार खर्च प्रदान गर्ने जस्ता कार्यहरुबाट समाजिक जिम्मेवारी निर्वाह गर्ने गरेको पाइन्छ ।

अभिलेख

लोकप्रिय