२० कात्तिक २०८३, शुक्रबार

यस्तो छ ,आर्थिक बिधेयक २०७१मा सहकारी संघ / सस्थालाई प्रदान गरेका मुख्य सुबिधा

२०७१ साउन १६, शुक्रबार
यस्तो छ ,आर्थिक बिधेयक २०७१मा सहकारी संघ / सस्थालाई प्रदान गरेका मुख्य सुबिधा

जोखिम बेहोर्ने कोष सम्बन्धमा : ऐनको दफा ५९ को उप दफा (१ख)
· सहकारी सस्थाले जोखिम ब्योहोरने कोषमा राखेको अशुल हुन् बाकी ऋण रकमको पाँच  प्रतिशतसम्मको रकम खर्चको रुपमा कट्टी गरिनेछ ।
कर को दयरामा आउनेलाई आयकर , शुल्क तथा ब्याज मिनाहा हुने सम्बन्धमा
१.   सहकारी ऐन २०४८ बमोजिम दर्ता भै आयकर एन २०५८ बमोजिम कर लाग्ने सहकारी संस्था वा संघले संन्धित निकायमा पेसा गरेको मान्यता प्राप्त लेखा परिक्षण प्रतिबेदनको आधारमा आर्थिक वर्ष २०६७/०६८ , २०६८/६९, २०६९/७० को आय बिवरण र सो मा लाग्ने आयकर २०७१ साल पौष मसान्त सम्ममा दाखिला गरेमा सो भन्दा अधिक वर्षहरुको आय विवरण पेसा गर्नु पर्ने छैन र सोमा लाग्ने कर शुल्क तथा ब्याज मिनाहा हुने छ ।
१.   सहाकरी ऐन २०४८ बमोजिम दर्ता भै आयकर ऐन २०५८ बमोजिम कर लाग्ने सहकारी संस्था वा संघले संन्धित निकायमा पेस गरेको मान्यता प्राप्त लेखा परिक्षण प्रतिबेदनको आधारमा आर्थिक वर्ष २०६७/०६८, २०६८/६९, २०६९/७० मा स्रोतमा कर कट्टी  गरि बुझाउनु पर्ने ब्याज कर, बहाल कर तथा अग्रिम आयकर लगायत कट्टी गर्नु पर्ने अन्य कर रकम २०७१ साल पौष मसान्त सम्ममा बुझाएमा  सोमा लाग्ने शुल्क  तथा ब्याज मिनाहा हुने छ ।
३.     उप दफा १ र २ मा उल्लेखित  सहकारी संघ सस्था सो उपदफाहरुमा तोकिएको अबधि सम्म आय बिवरण र तिनु बुझाउनु पर्ने कर दाखिला नगरेमा यस्ता सहाकरी संघ सस्था बाट साबिक देखिकको तिर्नु बुझाउनु पर्ने सम्पूर्ण कर, शुल्क तथा ब्याज समेत हिसाब गरि अशुलउपर गरिने छ  ।

अभिलेख

लोकप्रिय