पटनाको दूध काठमाडौँमा आपूर्ति
दुग्ध विकास संस्थानले भारतको पटना डेरीबाट दैनिक ४० हजार लिटर दूध हेटौँडामा ल्याएर प्रशोधन गर्दै आएको हो ।पटनाबाट आउने दूध हेटौँडा दूध वितरण आयोजनाले प्रशोधन गरेर बिहान सबेरै काठमाडौँ पठाउने गरेको सो आयोजनाले जनाएको छ । दूध वितरण संस्थाले भारतको पटना डेरीबाट गत आव २०७०÷०७१ मा ५० लाख ७० हजार लिटर दूध खरिद गरेको थियो ।
दुग्ध विकास संस्थानले सो दूध भारत सरकारको स्वामित्वमा रहेको पटना डेरीबाट खरिद गरेबापत पटना डेरीलाई नेरु २२ करोड ७४ लाख भुक्तानी गरेको हेटौँडा दूध वितरण आयोजनाका प्रमुख सरोजकुमार सिम्खडाले बताउनुभयो ।
संस्थानले नेपाली कृषकबाट प्रतिलिटर नेरु ४० मा र पटना डेरीबाट नेरु ४५ मा दूध खरिद गर्ने गरेको छ । पटना डेरीको ट्याङ्करले दूध राति नै हेटौँडा दूध वितरण आयोजनाको प्रशोधन कक्षमा पुर्याउने गरेको छ ।
यसैगरी वितरण आयोजनाले पनि काठमाडौँका उपभोक्तालाई दूध आपूर्तिमा सहज तुल्याउन दैनिक १२ हजार लिटर प्रशोधित दूध हेटौँडाबाट काठमाडौँमा पठाउने गरेको छ ।
हेटौँडा, १६ साउन । भारतबाट काठमाडाैँ उपत्यकाका लागि आपूर्ति हुँदै आएको दूध दैनिक रुपमा हेटौँडामा प्रशोधान हुँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
